भोलिदेखि लागु हुने गरी ब्याजदर निर्धारणः नविलसहित चारले बढाए, आधाभन्दा बढीले घटाए ब्याजदर
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १४:३:३४
३१ असार, काठमाडौं । बैंकर्स संघको सहमति अनुसार बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागु हुने गरी ब्याजदर निर्धारण गरेका छन् । आधाभन्दा बढीले ब्याजदर घटाएको अवस्थामा नविल, एनएमबि, प्राइम, र कुमारीले भने ब्याज बढाएका छन् ।
वाणिज्य बैंकहरूले आउँदो साउन महिनाका लागि ब्याजदर तोकेका हुन् । असार मसान्तसम्म बैंकहरूले नेपाल बैंकर्स संघले गरेको सहमतिअनुसार ब्याजदर निर्धारण गरेको बताएका छन् । साउनदेखि आफ्नै हिसाबले ब्याजदर तोक्ने सहमति भएको थियो ।
प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले साउनदेखि मासिक १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले तीन महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिनेछ । साउनदेखि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ । यो बैंकले असारमा रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत दिँदै आएको ब्याजदर साउनदेखि बढाएर ११.४९ प्रतिशत पुर्याएको छ ।
कुमारी बैंकले पाँच वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक १०.०१ प्रतिशत ब्याज दिने जनाइएको छ । आधाभन्दा बढी बैंकहरूले आफूले दिँदै आएको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । यो असारमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिएका छन् ।
यसलाई बढाएर एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो । व्यक्तिगत मुद्दती निक्षेपमा साउनदेखि सबैभन्दा कम ब्याजदर दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा मासिक ८.९५ प्रतिशत ब्याज दिने जनाइएको छ ।
तरलता कम हुन थालेसँगै नेपाल बैंकर्स संघले बैंकहरूबीचको अस्वस्थ प्रतिस्पर्धा घटाउन भन्दै भद्र सहमति गरेको थियो । सो पश्चात् जेठसम्म बैंकर्स संघकै निर्णयमा बैंकहरूले ब्याजदर तोक्दै आएका थिए । तोकेको ब्याजदर भोलिदेखि नै लागु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार