विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १४:१५:२
३१ असार, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित कञ्चनपुर बेलडाँडी गाउँपालिका-४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेत समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अत्तरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्रामसहित सोही उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका-२ घर भएका २२ वर्षीय मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका-५ बस्ने २४ वर्षीय आकाश भट्टलाई नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय रबि चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।
झापाको शिबसताक्षी नगरपालिका-५ स्थितबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ३ सय ९६ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय दिपक राई, २० वर्षीय जितेन ताजपुरिया र सोही नगरपालिका-५ बस्ने लजमुना खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरीले थोरै गाँजासहित दिपक र जितेनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
झापाकै दमक नगरपालिका(३ स्थित बेल्डागी भुटानी शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राईलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । राजुले लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित गोरखा आबुखैरहनी गाउँपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले बा.प्र०३-००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका-४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
पर्साको वीरगञ्ज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका(१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका(९ बस्ने २९ वर्षीय उज्वल जंग थापा रहेका छन् । प्रहरी चौकी ईनार्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३(०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार