व्यावहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे

नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १६:१५:२५

३१ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएको छ ।
‘केन्द्रविन्दू डटकम’ले आज यहाँ आयोजना गरेको शैक्षिक अवार्ड कार्यक्रममा सभामुख घिमिरेले समाजको विकासका सन्दर्भमा जुनरुपमा शिक्षाको विकास हुनुपर्ने थियो त्यसरुपमा हुन नसकेको कुरा आएको सन्दर्भमा उत्कृष्ट शिक्षा सेवा दिने शिक्षालय र व्यक्तिलाई प्रोत्साहित गर्दै आपसी हातेमालो गरेमा शैक्षिक विकासमा योगदान पुग्न सक्ने उल्लेख गरे ।
‘‘हामीले प्राप्त गरेको ज्ञान र ज्ञानको हस्तान्तरण गर्दै शैक्षिक विकास र व्यावहारिक शिक्षाका माध्यमबाट मुलुकले समृद्धि हासिल गर्न सक्छ ।’’, उनले भने, ‘‘कानुन र नीति निर्माण गर्ने सन्दर्भमा संसदको भूमिकाका लागि मेरो सँधै सकारात्मक भूमिका हुने हुनेछ ।’’
कार्यक्रममा सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शैक्षिक विकास तथा नीतिगत सुधार र कार्यान्वयनमा सम्बन्धित सरोकारवालाबाट साझा पहल हुनुपर्नेमा जोड दिए । मुख्यसचिव अर्याल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षाविद् डा सुरेशराज शर्मालगायतले विभिन्न शिक्षालय र शिक्षाकर्मीलाई सो अवसरमा सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार