रमाइलो मेलामा अवैध जुवा खेलाउँदा पनि नदेखे झैं गर्छ काठमाडाैं प्रहरी
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १८:३:२६
३१ असार, काठमाडौं । कलंकीकाे खसी बजारस्थित सीता पेट्रोल पम्प नजिकै लगाइएको पहिलो कलंकी उद्योग व्यापार, सांस्कृतिक एवं पर्यटन महोत्सव २०८० उर्फ रमाइलो मेलामा अवैध रुपमा जुवाभन्दा खतरनाक मानिएका विभिन्न खेलहरू खेलाएर दर्जनौं व्यक्तिलाई लुटिँदासमेत नजिकै रहेको प्रहरी प्रशासन मुकदर्शक बनेको छ । मेलामा विभिन्न घिर्नी, तास, तीन गोटी, तीर जस्ता कानुनले अवैध मानेका खेलहरू खेलाइएको स्थानीयको गुनासो छ ।
अहिले पनि कलंकीको सीता पेट्रल पम्प नजिकै पहिलो कलंकी उद्योग व्यापार, सांस्कृतिक एवं पर्यटन महोत्सव २०८० सञ्चालन भइरहेको छ । सपन थापा, दिनेश श्रेष्ठ, रवि श्रेष्ठ, राजु लगायत सञ्चालक रहेको उक्त मेला आयोजना गरिएको हो । मेलामा राखिएका विभिन्न पसल तथा स्टलहरुबाट उठ्ने रकमले नपुगेर आयोजकले मेलाभित्र अवैध मानिएका खेलहरू खेलाइँदा दर्जनौं व्यक्तिको उठीबास लागेको छ ।
केहीलाई भने प्रहरीलाई खबर गरिदिने भनेपछि हारेको रकम फिर्तासमेत दिइएको बताइएको छ । आयोजकले बच्चाहरूका लागि रमाइलाे मेला भन्दै स्वीकृति मागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेला सञ्चालन गर्न अनुमति दिएको दिएको थियो । तर मेलामा खेलाइएका अवैध खेलमा सहभागी भएपछि हारेका कतिपयले होहल्ला गरेपछि स्थानीयले नै प्रहरी समक्ष उजुरी दिएका थिए । तर, प्रहरीले नदेखेझैं गरेको उनीहरूको गुनासो छ । गत असार ८ गतेदेखि सञ्चालित सो मेला हिजो ३० गते सम्म सञ्चालन हुने भनिएपनि आज सकिने जनाइएको छ ।
मेलामा डाइस, रिङ, तीर, तीन गोटी जस्ता जुवा समूहमा रहेका खेलहरू खेलाउन नपाइने नियम छ । यस्तो पाइएमा स्थानीय प्रशासनले कारबाही गर्नुपर्छ । तर, प्रहरी प्रशासनले नै संरक्षण दिइरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार कलंकीमा रहेको प्रहरी प्रभाग र कालिमाटी वृत र काठमाडाैं परिसरका प्रहरीलाई मेला आयोजकहरूले रकम दिएका कारण पनि प्रहरीले मेलामा खोजतलास नगरेको हो । कलंकीमा रहेको प्रहरी प्रभागलाई ५० हजार र कालिमाटीलाई १ लाख तथा काठमाडाैं परिसरलाई २ लाखसम्म रकम दिएको स्थानीयको भनाइ छ ।
यता, काठमाडौं प्रहरीले भने साे मेलामा निगरानी भइरहेको बताएको छ । काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले मेलाको जिम्मा कालिमाटी प्रहरीलाई भएको बताए । उनले मेलामा अवैध खेल खेलाउने र खेल्ने माथि कारबाही गरिएको बताएका छन् । आज पनि तीर खेल्ने र खेलाउने तीन जनालाई समातेर कालिमाटीमा राखिएको एसपी रिजालले नेपालबहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार