कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १६:२४:२०
३१ असार, काठमाडौं । कञ्चनपुरमा लागु औषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागु औषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागुऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिए ।
त्यसैगरी गत आर्थिक वर्षमा लागुऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले यहाँ हरेक दिन लागुऔषध सेवनकर्ता पक्राउ पर्ने र खुल्ला सिमानाका कारण भारतबाट विभिन्न लागुऔषध लुकिछिपी ल्याउने गरेको पाइएको बताए ।
चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरोहिरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागुऔषध बरामद गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी रु दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ । गत वर्ष यहाँ रु एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल नौ सय ७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा नियमविपरीत औषधि पसल सञ्चालन गर्दै आएका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसअघि कञ्चनपुर प्रहरीले यहाँका विभिन्न क्षेत्रबाट ११ भारतीय नागरिकलाई अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार