सिंहदरबारमा उच्च कर्मचारीको अघोषित हड्ताल, मुख्यसचिव र गृहसचिवको कार्यकक्षमा धर्ना
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार २२:४०:५०
३१ असार, काठमाडौं । केही दिनदेखि सिंहदरबारभित्र कर्मचारीले काम गर्न छाडेका छन् । ललितानिवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेको विरोधमा उनीहरूले अघोषित रुपमा काम गर्न छाडेका हुन् । आइतबार ब्याच १८ अर्थात् २०५९ का शाखा अधिकृत पास गरेका सचिव र सहसचिवहरूको टोलीले मुख्यसचिव बैकुण्ठ अर्याल तथा गृहसचिव दिनेश भट्टराईलाई भेटेर आफू काम गर्न र मातहतका कर्मचारीलाई काम गराउन अप्ठेरो भएकोले त्यसको वातावरण बनाउन माग गर्दै दिन भरी नै उनीहरूको कार्यकक्षमा बसेर आग्रह गरेका थिए ।
उनीहरूले सचिव कृष्ण बहादुर राउत पक्राउको प्रकृया गलत भएको र खास गरी उसको अपराध के हो त्यसको बारेमा जानकारी गराउनु पर्ने माग गरेका थिए । मुख्यसचिव र गृहसचिवलाई भेटेर प्रकृया गलत भयो, यसले काम गर्न अप्ठेरो भयो भन्यौ, कर्मचारीको अभिभावकको जिम्मेवारी र भूमिकालाई मुख्यसचिव र गृहसचिवलाई लिन आग्रह गर्यो’, आइतबार भेटघाट गरेका एक कर्मचारीले भने । आइतबार २३ जना कर्मचारीले मुख्यसचिव बैकुण्ठ अर्याल र गृहसचिव दिनेश भट्टराईलाई भेटेका थिए । ‘आइतबार दिउँसो एक प्रकारले मुख्यसचिव र गृहसचिवको कार्यकक्षमा हामीले धर्ना दिएका छौ’, एक सचिवले भने ।
ललितानिवास प्रकरणमा बहालवाला सचिव नै पक्राउ पर्न थालेसँगै निजामती कर्मचारीहरू आक्रोशित बनेका छन् । निर्णय पालना गर्ने कर्मचारीलाई पक्राउ गर्दा निर्णयकर्ताहरूले भने उन्मुक्ति पाइरहेको विषयमा कर्मचारीहरूले साङ्केतिक रूपमा विरोध गर्दै आएका छन् । केही दिन अघि कृष्णहरि पुष्करले पनि मुख्यसचिवलाई भेटेर सर्वोच्चमा अपील गर्नुपर्ने आग्रह गरेका थिए ।
‘ब्लाक एण्ड ह्वाइट’ फोटोमा टाईको नोट मिलाउँदै गरेको दृश्यको फोटोमा लेखिएको छ, ‘निर्णयकर्तालाई उन्मुक्ति निमुखालाई हत्कडी ?’ यो आकृतिको फोटो प्रोफाइलमा राख्दै अधिकांश कर्मचारी यति बेला विरोधमा उत्रिएका छन् । उक्त फोटोमा देखाइएको टाई लगाएको व्यक्तिले निर्णयकर्ता या माथिल्लो पदमा रहेका उच्च पदस्थलाई संकेत गरेको छ । गत आइतबार सञ्चार सचिव कृष्णबहादुर राउत परेका थिए ।
बहालवाला कर्मचारीसहित पूर्व प्रशासक समेतले टिप्पणी उठाउने कर्मचारीलाई पक्राउ गर्दा उपल्लो दर्जामा रहेकालाई केरकार किन नगरेको भन्दै प्रश्न गरेका थिए । केही दिनअघि मात्रै पूर्व मुख्यसचिव विमल कोइरालाले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेका थिए । तत्कालीन समयमा टिप्पणी उठाउने र राय लेख्ने कर्मचारीहरू धमाधम पक्राउ पर्दा निर्णयकर्ताहरूलाई केरकार किन नगरेको भन्ने उनको प्रश्न थियो ।
राउत पक्राउलाई नेपाल सरकारको सचिव नभएर शाखा अधिकृत पक्राउको रूपमा लिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले ललिता निवासको जग्गा व्यक्तिका नाममा दिने निर्णयको टिप्पणी उठाएको कारण पक्राउ परेका हुन् । उनलाई गत आइतबार त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
संघीय सरकारलाई महानगरको फोहोरमाथि राजनीति नगर्न मेयर बालेनको चेतावनी
कात्तिक ३०, २०८१ शुक्रबार
कास्कीबाट रुपन्देही लगिएका रवि लामिछानेसँग २३ घण्टा बयान लिइयो, ७४ प्रश्न सोधिए
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो
कात्तिक ३०, २०८१ शुक्रबार