जलवायु परिवर्तनले विश्वभर तहसनहस, अमेरिकामा २६ सय उडान रद्द
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १०:४९:१३
२ साउन, न्युयोर्क । जलवायु परिवर्तनले विश्वभर तहसनहस बनाएको छ । यसका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन्।
यस बाहेक स्पेनको जंगलमा पनि आगलागी भएको छ । अर्कोतर्फ चीनमा चक्रवाती आँधी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अलर्ट जारी गरिएको छ । चीनका केही प्रान्तहरूमा सोमबार तापक्रम ५० डिग्री नाघेको छ । मौसमविद्हरू यी परिवर्तनहरू बारे विशेष गरी चिन्तित छन्।
स्पेनको जंगलमा आगलागी
स्पेनको क्यानरी टापुमा लागेको डढेलोका कारण ४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागी करिब ९ हजार ८ सय एकड क्षेत्रफलमा फैलिसकेको छ । आगलागीबाट हालसम्म १२ घर जलेर नष्ट भएका छन् ।
चीनमा ‘तालिम’ आँधी
चीनमा चक्रवाती आँधी ‘तालिम’ को लागि ओरेन्ज अलर्ट जारी यस वर्षको चौथो चक्रवाती आँधीले देशको दक्षिणी तटीय क्षेत्रमा हावाहुरी र मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
जापानमा तातो लहरको चेतावनी
जापानमा तापक्रम रेकर्ड स्तरमा पुगेप छि देशका ४७ प्रिफेक्चर मध्ये २० प्रान्तमा तातो लहरको चेतावनी जारी गरिएको छ। यसैबीच अविरल वर्षाका कारण केही क्षेत्रमा पहिरो गएको छ । टोकियोलगायत केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
जलवायुबारे अमेरिका र चीनको बीचमा ऐतिहासिक वार्ता
अमेरिकी जलवायु दूत जोन केरीले सोमबार बेइजिङमा चीनका जलवायु दूत सी सेनहुआसँग वार्ता गरेका छन । वास्तवमा अमेरिका व्यापार, ताइवान, मानव अधिकार र क्षेत्रीय दाबीमा विवादको बीचमा सम्पर्क पुनर्स्थापित गर्न चाहन्छ।
केरीले लगभग एक वर्षमा विश्वका सबैभन्दा खराब जलवायु प्रदूषकहरूमध्ये दुईका प्रतिनिधिहरू बीचको पहिलो व्यापक आमने सामने बैठक आयोजना गर्दैछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार