कांग्रेसमा निलम्बनको परम्परा छैन, खाँणको विषय बैठकमा नउठाउनूः देउवा
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार ११:९:१५
२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको इतिहासमा अदालतले दोषी भनेर पूर्ण करार नगरेसम्म आरोप लागेका कसैलाई पनि निलम्बन गर्ने परम्परा नरहेको बताएका छन् । उनले मंगलबार बिहान धुम्बाराहीमा नेताहरूलाई यसबारे जानकारी गराएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणबारे बैठकमा छलफल गर्न सकिने भएपनि निलम्बन गर्नुपर्छ भनेर प्रस्ताव नल्याउन सभापति देउवाले आग्रह गरेका थिए ।
पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई निलम्बन गर्न सभापति देउवा तयार नभएपछि महामन्त्री थापाले जेठ २ मा विज्ञप्ति निकालेका नै निकालेका थिए । महामन्त्री थापाको यस कदमबाट असन्तुष्ट रहेका देउवाले आजको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बन हुनुपर्ने भनिएको विषय भरसक नउठाए हुने भन्ने सोच बनाएका छन् ।
सोमबारको पदाधिकारी बैठकमा पनि देउवाले खाँणलाई निलम्बन गर्न कांग्रेसकाे परम्पराले नदिने बताएका थिए । आज पनि उनले खाँण दोषी ठहर नभइसकेको र अभियुक्त मात्रै भएकाले उनलाई कांग्रेसकाे परम्परा अनुसार पनि कारबाही गर्न नसकिने बताएका छन् ।
देउवाले परम्परालाई ध्यानमा राखेर छलफल गर्न सकिने तर निलम्बन गर्ने विषय सम्भव नहुने बताएका छन् । उनले बैठकबाट खाँणलाई निलम्बन गर्ने हो भने भ्रष्टाचार आरोपमै मुद्दा खेपिरहेका अर्का नेता विजयकुमार गच्छदारको हकमा के गर्ने भन्ने प्रश्न पनि उठाएका छन् । यसैले यो विषयमा चर्चा भएपनि निलम्बन भने नहुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार