गिटी बालुवा उत्खनन गर्ने जेसीबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १३:१३:२३
♦ इन्दीप कोइराला
२ साउन, बारा । बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसीबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २–०३–००१ ख २८३२ र प्रदेश २–०३–००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो ।
जेसीबी चालक अन्दाजी वर्ष ४७ का चिनियाँ नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ । फास्टट्याक निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ । वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार