त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको सुनलाई सतहमा राखेर माओवादीभित्र चर्कियो रोल्पा-रुकुम युद्ध
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १७:३८:४५
२ साउन, काठमाडौं । नेकपा माओवादीको आधार भूमि हो, रोल्पा र रुकुम । आफ्नो पक्षलाई राजनीतिमा स्थापित गराउन चार नेताको पौठेजाेडी चल्छ यो क्षेत्रमा । कहिले काँहि रुकुम र रोल्पाको विवादले माओवादीको केन्द्रीय तहमै पनि ठूलै रडाको मच्चाउँछ । केन्द्रीय राजनीतिमा ठूलै प्रभाव जमाउने नेताहरू भएकाले माओवादी सशस्त्र युद्धमा रहेको समयदेखि अहिलेसम्म नै नेताहरूबीच रोल्पा र रुकुमका विषयमा बेलाबेला घमासान पर्ने गर्छ ।
पार्टीका नेताहरू कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेतबीच "तँ बलियो कि म बलियो" भन्ने विषयमा हुने द्वन्द्व हुन यी । तर, यति बेला नेता कृष्णबहादुर महरा र अर्का नेता जनार्दन शर्माबीच फरक खालको द्वन्द्व सुरु भएको पार्टीका नेताहरू बताउँछन् । यी दुई नेता बीचका पुरानो दुस्मनीहरुलाई लिएर अहिले अप्रत्यक्ष रुपमा द्वन्द्व सतहमा आएको नेताहरू बताउँछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन गायब भएको घटनामा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई जोडेर यति बेला ठूलै चर्चा हुने गरेको छ । एक जना चिनियाँ व्यापारी वाङसँग महराको चिनजान भएका कारण यस प्रकरणमा जोडेर उनलाई नंग्याउने काममा पार्टी नेताहरू लागेको महरा निकट नेताहरूको बुझाइछ । यसै पनि चीनका केही ठूलै नेताहरूसँग महराको राम्रै सम्बन्ध रहेको बताइन्छ ।
सीआईबीले ६ जनालाई पक्राउ गरेर यो मुद्धालाई अदालतमा दर्ता गरिसकेको छ । भन्सार कार्यालयका नासु रेवन्त खड्काको योजनामा सो सुन चोरी भएको अनुमान सीआईबीको छ । १० पुस २०७९ को बिहान करिब सात बजे फ्लाइ दुबईको उडानमार्फत चिनियाँ नागरिक लि हासोङले यो सुन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बेला सुन हराएको हो । यसबारे अहिले सीआईबीले अनुसन्धान सकिसकेकाे छ । सीआईबीले पनि यस प्रकरणमा महराको संलग्नता नभेटिएको भनिसकेको छ भने महरा पनि मेरो संलग्नता छैन है भनेर विज्ञप्ति निकाली रहेका छन् ।
जनार्दन निकट रातोपाटी डटकममा सुन तस्करीमा महरा कनेक्सन सम्बन्धि समाचार प्रकाशित भएपछि महराले एक प्रेस नोट जारी गर्दै कोही कसैसँग चिनजान हुनु र संलग्न हुनु फरक विषय भएको भन्दै कसैसँगको चिनजानलाई नै दुरासयपूर्ण तरिकाले समाचार प्रकाशित भएको उल्लेख गरेका छन् । उनले उक्त समाचार बिल्कुल तथ्यहीन मात्र नभएर राजनीतिक पूर्वाग्रहमा आधारित भएको भन्दै त्यसको दोष जर्नादन शर्मामाथि संकेत गरेका छन् ।
भन्सारले नियन्त्रणमा लिएका दुई सुटकेश डेढ महिनासम्म आगमन कक्षकै छेउमा राखिएको बेला साटिएको भनिएको छ । त्यस क्रममा कृष्णबहादुर महरा र राहुल महराले चिनियाँ नागरिकको सामान भएकाले त्यसलाई छुटाइदिन दबाब दिएको भनिएको छ । तर, भन्सार विभागका कर्मचारीमाथि शंका लागेर अनुसन्धानको लागि सीआईबीलाई जिम्मा लगाएपछि अनुसन्धान करिब टुंगिएकाे छ । सीआईबीका डीएसपी दुर्गा दाहालको नेतृत्वमा अनुसन्धान सुरु भएको करिब दुई महिना लामो अनुसन्धानपछि भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी सीआईबीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइसकेकाे छ ।
अनुसन्धानको क्रममा शंकास्पद भूमिका देखिएपछि गत ३० जेठमा भन्सार कार्यालयको मुद्दा शाखाका नायव सुब्बा रेवन्त खड्का पक्राउ परेका थिए । उनले ६५ लाख रूपैयाँ लिएर व्यवस्थापन मिलाएको बयानमा स्वीकारी सकेका छन् । सीआईबीले आफ्नो हिसाबले अनुसन्धान अगाडि बढायाे पनि । तर, यही सुनको विषयलाई लिएर माओवादीका दुई नेताबीच चलेको मन्द युद्धले पार्टीभित्र भने ठूलै खैलाबैला मच्याएको छ ।
महरानिकट एक नेताले भने "सीआईबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटक पटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएको भन्ने प्रमाण भेटेको छैन । विना कारण चिनियाँसँग सम्बन्ध भएकै कारण यसमा मुछेर बदनाम गराउन पार्टीकै नेताहरू लागेका छन् । नेता महरालाई यस सुन काण्डमा फसाउन नेता जनार्दन शर्मा नै लागेको भनिए पनि उनीहरू बीचमा पुरानो खासै दुस्मनी सतहमा भने देखिन्नँ ।
पार्टी गतिविधि र नेताहरूलाई संरक्षण गर्ने कुरामा रोल्पा र रुकुममा सधैं विवाद आइरहेपनि अहिले महरा र जनार्दन बीचमा यही मात्र कुरामा विवाद रहेको र यसैमा उनीहरूबीच एकले अर्कोलाई सिध्याउन खेल भइरहेको हो भन्न सकिन्न । तर, अहिले वर्षमान पुन शारीरिक अस्वस्थ रहेकोको अवस्थामा महरा र शक्ति बस्नेतलाई पछि पारेर जनार्दन आफू अगाडि बढ्न खोजिरहेका छन् । पुन अस्वस्थ भएर पार्टी गतिविधिमा अगाडि नआए पनि महरा विस्तारै पार्टीको विभिन्न भूमिकामा कमब्याक हुन खोजिरहेका छन् ।
नेताहरूको भनाइमा महराको कमब्याक जनार्दन शर्मालाई मन परिरहेको छैन । उनी महरालाई जुनसुकै रुपमा पनि पछि पारेर आफू अगाडि जान चाहिरहेका छन् । यही विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनार्दन शर्माबीच ठ्याकठुक परिरहन्छ । महरालाई अहिलेबाट साइड लगाउन सकेको खण्डमा मात्र शर्मा पार्टीभित्रको राजनीतिमा सफल हुनसक्छन् । बलात्कार आरोपबाट सफाइ पाएर विस्तारै बाहिर निस्कँदै गरेका महरालाई अध्यक्ष प्रचण्डले निकै विश्वास पनि गर्छन ।
महरालाई अध्यक्षको विशेष साथ भएमा शर्मालाई पार्टीमा महत्वपूर्ण भूमिका स्थापित गर्न सहज हुने छैन । यसैले उनी जसरी पनि महरालाई कुनै न कुनै काण्डमा अल्झाएर आफू माथि जान चाहिरहेका छन् । मुलतः पार्टीको महासचिव बन्ने दौडमा रहेका शर्मालाई जसरी पनि महरालाई पन्छाउनु छ । उनी यसअघि नै महासचिवका आकांक्षी दिए । तर, प्रचण्डले देव गुरुङलाई बनाए । यसमा महराको खेल महत्वपूर्ण भएको शर्माको बुझाइ छ । उपमहासचिव दिँदा धेरै समय असन्तुष्ट बनेका शर्मालाई त्यो बेला महराले पनि साथ दिएका थिएनन् । महराकै कारण आफ्नो उद्देश्यमा ठेस लागेको उनको बुझाई छ । त्यसैले पनि उनी यो खेलमा लागेको नेताहरू बताउँछन् ।
यस्तै आफ्नो विवादास्पद विगतलाई किनारामा राख्दै माओवादीमा पुनः उदाउन चाहन्छन् महरा पनि । अहिले अध्यक्ष प्रचण्डसँगको सामिप्यताले पनि यही देखाउँछ । पार्टीमा अध्यक्षपछिको शक्तिशाली महासचिवमा विप्लवको पनि दाउ छ । तर, प्रचण्डका विश्वासपात्र वर्षमान पुन अस्वस्थ भएको फाइदा उठाउँदै शर्मा महराका समेत विश्वास पात्र रहेका विप्लवलाई रोक्न चाहिरहेका छन् । मुलतः महराले पार्टी गतिविधिमा सक्रियता देखाउँदै बितेका केही महिना उनी गृह प्रदेश लुम्बिनीमा धेरै नै सक्रिय भए । यो पनि शर्मालाई मन परेको थिएन ।
अहिले महरा पूर्वमाओवादी समूहलाई एकठाउँ गोलबद्ध गर्ने र सम्भव भएसम्म पार्टी एकताका लागि खटिएका छन् । उनकै पहलमा नेत्रविक्रम चन्द्र विप्लव समूहसँग एकताको माहौल बन्दै गएको सन्देश पार्टीमा प्रवाह भएको छ । त्यसले महरालाई प्रचण्डसँग नजिक राख्न मद्दत गरिरहेको छ । पार्टी एक भएमा नेत्रविक्रम चन्द पार्टीको महासचिव बन्ने पक्का जस्तै छ । यसो भएमा शर्माको उद्देश्यमा ठूलै चोट लाग्ने अवस्था आउँछ र उनी यसलाई अहिले नै पन्छाउन चाहिरहेका छन् । जसका लागि पहिले महरालाई ठेगान लगाउन आवश्यक छ ।
यिनै विविध कारणले गर्दा महरालाई फेरी बदनाम गराउन नेता जनार्दन शर्माले नै सुन प्रकरणमा दोषी देखाउन लागि परेको महरानिकट नेताहरूको भनाइ छ । त्यति बेला पार्टीमा छलफल नै नगरी जनार्दन शर्मालाई अर्थमन्त्री बनाएकाे भन्दै महराले असहमति पनि राखेका थिए । पछि पार्टी नेताहरूको जिम्मेवारी बाँडफाँट गर्दा जनार्दनलाई संगठन विभाग प्रमुख बनाएकोमा पनि महराको असन्तुष्टि थियो । असहमतिका बीच नै प्रचण्डले शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए । यसरी विगत देखि नै यी दुई नेताबीच सहज सम्बन्ध देखिएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार