तातोपानी कुण्डमा एक करोड ३७ लाखको आम्दानी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १६:२६:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/tatopani_vWmLtGHDE8_bk2XhzdjO8.jpg)
२ साउन, म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए ।
बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह्र हजार, मन्दिरको भेटी रु पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट रु तीन लाख आठ हजार तथा ब्याजबाट रु १७ हजार आम्दानी भएको छ ।
प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु। तीन सय ५० शुल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् ।
अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु एक करोड १७ लाख २२ हजार, आव २०७७/७८ मा रु ७८ लाख एक हजार, आव २०७६/७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५/७६ मा रु ९९ लाख ४२ हजार तथा आव २०७४/७५ मा रु ६५ करोड छ लाख आम्दानी भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा रु २६ लाख ५७ हजार, आव २०७५/७६ मा रु ९६ लाख १० हजार, आव २०७६/७७ मा रु एक करोड १४ लाख २३ हजार, आव २०७७/७८ मा रु एक करोड १४ लाख ५२ हजार तथा आव २०७८/७८ मा रु एक करोड ९० लाख ५६ हजार खर्च भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार