बृद्धाआश्रम भवनमा निःशुल्क आँखा शिबिर सम्पन्न
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १७:१८:१९
२ साउन, काठमाडौं । सामाजिक कार्यमा सबै मिलेर अघि बढनु पर्नेमा पुर्व मन्त्री बिमल प्रसाद श्रीवास्तवले जोड दिएका छन् । वीरगञ्ज १६ नगवा भुटन देबि मन्दिर नजिक रहेको बृद्धाआश्रममा नेपाल प्रौढ संघको आयोजना तथा किरण आँखा अस्पतालको सहकार्यमा आयोजन भएको निःशुल्क आँखा परिक्षण शिबिरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व मन्त्री श्रीवास्तवले आफुले आश्रमलाई निरन्तर सहयोग गर्ने बताए ।
कार्यक्रमका बिशिष्ठ अतिथि पुर्व मुख्य मन्त्री तथा प्रदेश सभा सदस्या मोहमद लालबाबु राउत गदीले आफुले आश्रम बनाउन सहयोग गरेको तथा आउने दिनमा अधुरा कामहरु पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वडा नं १६ का वडा अध्यक्ष परशुराम चौरसियाले आगामी आर्थिक वर्षमा रु पाँच लाख सहयोग गर्न बचन दिए ।
आँखा परिक्षण शिबिरमा १२५ जनाको आँखा परिक्षण भएको स्वास्थ्य पत्रकार समुहका राजकुमार सरर्फाले जनाएका छन् । सो मध्य १३ जनामा मोतिया बिन्द देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रिया किरण आँखा अस्पतालमा गराईने कार्यक्रमका संयोजक अशोक कुमार गुप्ताले जानकारी दिए ।
कार्यक्रममा वडा नं।०८का वडा अध्यक्ष रितेश गुप्ता, नेपाल प्रौढ संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल राउत,श्रवण बहादुर रायमाझी, मनोज मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सबैको रक्तचाप पनि चेकजाच गर्नुका साथै आश्रममा वृक्षारोपण पनि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार