बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १०:४१:१६
३ साउन, काठमाडौं । बरुण हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँमा शतप्रतिशत (१ः१) अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेस गर्नेछ।
यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बरुणले हकप्रद शेयर बिक्री गर्न नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको जनाएको छ । अब विशेष सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद शेयर जारी हुनेछ ।
हकप्रद शेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा लर्ड पार्टी भेन्यू, धुम्बराही काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार साउन ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार साउन ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार