क्लोजिङका आधारमा युनिलिभरको भाउ हालसम्मकै उच्च
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १०:४८:२२
३ साउन, काठमाडौं । नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको शेयर हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ । क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको हो । यस दिन युनिलिभरको शेयर भाउ प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ । यो क्लोजिङ भाउ हालसम्मकै उच्च हो । सोमबार कुल ८१६ कित्ता सेयर कारोबार भएको छ ।
यसको शेयर भाउ मंगलबार एकैदिन ८।३९५ अर्थात २ हजार ८११ रुपैयाँले बढेको छ । यसदिन युनिलिभरको शेयर न्यूनतम ३२ हजार ८१९ रुपैयाँ ३० पैसादेखि अधिकतम ३६ हजार ४९९ रुपैयाँ ३० पैसासम्म खरिदबिक्री भएको छ । बन्द हुने बेलामा भने ३६ हजार ३०० रुपैयाँमा बन्द भएको हो ।
कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो । युनिलिभरको शेयर भाउले गत जुन १३ तारिकमा इन्ट्राडे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रूपैयाँको अल टाइम हाई विन्दु छोएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार