आफन्तबाहेक मधेशमा कांग्रेस नदेखेका सभापति यादवलाई अनलाइन सदस्यता सिस्टम किन भयो घाँडो ?
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १४:२५:२६
३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस मधेश-प्रदेशका सभापति कृष्णप्रसाद यादवले अनलाइन सिस्टमबाट सदस्यता थप्ने विषयको विरोध गरेका छन् । यसरी सदस्यता थप्ने काम भयो भने मधेशमा कांग्रेस निमिट्यान्न भएर जाने उनको हास्यास्पद तर्क छ ।
गएको अधिवेशनबाट सभापति भएका यादवको सबैभन्दा ठूलो रोग भनेको आफन्त र चिनजानबाहेक अरूलाई कांग्रेस हुनै नसक्ने र बनाउनै हुन्न भन्ने हो । उनलाई कुनै नयाँ व्यक्तिलाई सदस्यता बनाउँदा आफन्तहरू ओझेलमा पर्ने डर सदैव हुने गरेको मधेशका कांग्रेस कार्यकर्ताहरू बताउँछन् । पछिल्लो समय सभापति भएर उनले यही भूमिका निभाइरहेका छन् ।
उनी मधेश प्रदेशका सभापति हुन । उनले मधेशमा कति नयाँ सदस्यता थप्ने काम गरे र भएका क्रियाशील सदस्यहरूलाई परिचालन गरे भन्ने कुरा गएको निर्वाचनमै देखिएको हो । कांग्रेसकाे मुख्य आधार भूमि भएको मधेशमा उनी सभापति भएपछि नेकपा एमाले पहिले दलका रुपमा उदायो । उनी सभापति भएर बसेको पार्टी, कांग्रेसको उपस्थिति मधेशलाई केन्द्र बनाएर राजनीति गरिरहेका दलकै हैसियतमा आइपुग्यो ।
एमाले र माओवादी मिलेको अवस्थामा भन्दा पाँच दलीय गठबन्धनमा कांग्रेसकाे अवस्था झनै खस्किन पुग्यो । सदस्यताकै हिसाबले हेर्ने हो भने पनि मधेश पछिल्लो समय निकै कमजोर बन्दै गइरहेको छ । मधेशमा जिम्मेवारी लिएर बसेका यादव जस्ता नेताहरू आफन्त र भनेकाे मान्नेबाहेकलाई नयाँ सदस्यता दिनै चाँहदैनन् । नयाँ सदस्यता बनाएर आफ्नो आधार इलाकालाई बलियो बनाउन काम त झन पर कै कुरा भयो ।
८ जिल्ला रहेको मधेश अन्य प्रदेशको तुलनामा जनसंख्या धेरै भएको प्रदेश हो । तर, यही कांग्रेसको सदस्यता संख्या कम छ । अहिले यादव लगायतका जिल्लाका नेताहरू अनलाइलाई सिस्टमको विरोधमा यसकारण पनि छन् कि भोलि आफूलाई नचिनेका मान्छे पनि सदस्य भएर आए भने आफूले बनाएको भन्दा उनीहरूको संख्या बढी हुन्छ र आफू अल्पमतमा परिन्छ । कांग्रेस बलियो हुने भन्दा पनि कांग्रेस भित्रकै अर्को पक्ष बलियाे भएर आउँछ भन्ने उनलाई चिन्ता छ ।
यसकारण यादवले अनलाइनबाट नयाँ सदस्यता थप्ने प्रस्तावको बैठकमा विरोध गरेका हुन । कांग्रेसबाट फाइदा लिने तर, कांग्रेसलाई बलियो बन्न नदिने यादव जस्ता नेताका कारण नै अहिले मधेशमा कांग्रेस दिनप्रतिदिन कमजोर बनिरहेको अब केन्द्रले पनि बुझ्न आवश्यक भइसकेको छ । अन्यथा मधेशमा सदस्यता बढाउन सकिँदैन । कांग्रेसकै थालमा खाएर काँग्रेस कै कार्यकर्तालाई अरू पार्टीमा जान प्रोत्साहन गर्ने नेताबाट नयाँ सदस्यता थप्न सकिँदैन ।
मधेशमा नेविसंघ र युवाहरूको पकड पनि पछिल्लो समय निकै कमजोर बनिरहेको छ । अहिले नेविसंघको तदर्थ समिति बन्दैछ । तर, मधेशबाट कार्य क्षेत्रमा खटिएका भन्दा नेविसंघका नाममा सदस्य बनेकाहरूको नाम केन्द्रमा सिफारिस भएर आएको छ । यस हिसाबले पनि मधेशमा अहिले नेतृत्वमा रहेका यादव जस्ता नेताहरुकै कारण विष्फोट आउने सम्भावना देखिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मंसिर २७, २०८१ बिहिबार
आज पनि म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार