शेयरबजारमा सकारात्मक माहोल जारी, ३ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १५:५५:१७
३ साउन, काठमाडौं । शेयरबजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
विशेषगरी वाणिज्य बैंकहरुको शेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर एक–दुईयता यस समूहमा पनि चमक देखिएको छ । अरु कतिपय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई तानिरहेको छ ।
अधिकांश बैंकहरुको शेयर भाउ अहिले पनि २ सय रूपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ । यसअघि नबढेको, भाउ सस्तो अनि चौथो त्रैमासको रिपोर्ट पनि सकारात्मक आउन सक्ने अपेक्षामा लगानीकर्ता यसतर्फ लागेको अनुमान गरिएको छ ।
यस दिन २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ । २३ करोड ५७ लाख रूपैयाँसहित कारोबार रकममा युनाइटेड अजोड इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट्स परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार