काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १६:३५:५६
३ साउन, काठमाडौं । काठमाडौंबाट काभ्रेको धुलिखेल जादै गरेको बस साँगामा दुर्घटना भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको हाे ।
प्रहरीका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बताइएकाे छ ।
दुर्घटनाका घाइते भएका ७ जनालाई उपचारका लागि नजिकैको अस्पताल पुराइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए । प्रहरीका अनुसार घाइते भएका ७ जना मध्ये ४ जनालाई इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पतालमा उपचार भैइरहेकाे छ ।
भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ। बसमा ३०/३५ जना सवार रहेको स्थानीयहरूले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार