म आफैं आएर बुढीगण्डकी आयोजनाको शिलान्यास गरेर निर्माण प्रक्रिया अघि बढाउँछुः प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १६:४३:५७
३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना चाडै निमार्ण प्रक्रियामा जाने बताएका छन् । गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित सिउरेनटारमा बुधबार बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले केही समयभित्रै आयोजना निर्माणका लागि आफू आएर शिलान्यास गर्ने बताए ।
उनले निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न आफैं आउने कमिटमेन्ट गरेको र आफूलाई पनि निर्माण प्रक्रियामा लान हतार भएको बताए । उनले पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता अब नलिन आग्रह गरे । उर्जा मन्त्रालयमा यसबारे पर्याप्त छलफल भएको बताउँदै उनले यसै पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ आफू उपस्थिति भएको बताए ।
क्याबिनेटका सहयात्रीले पनि यो संकल्प लिएको उनले जनाए । ‘यो फिल्ड कार्यालय उद्घाटनका लागि मात्र आएको होइन, आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने संकल्प उर्जा मन्त्रालयको मात्र होइन अर्थदेखि अन्य समन्वय र सहकार्य आवश्यक पर्ने कार्यालयसहित आएका छौं ।’
बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने भन्दै प्रचण्डले विद्युत् उत्पादनको कुरामात्र होइन, मत्यस पालन, पर्यटन, सिँचाइ तमाम कुरा जोड्दा बहुउद्देश्यीय दीर्घकालीन महत्वको परियोना बनाउने निष्कर्षका साथ आफू अगाडी बढेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार