जी-२० सम्मेलनमा प्रतिफलको दृष्टिले उर्बर भूमि नेपालमा निर्धक्कसँग लगानी गर्नुस भनेको छुः अर्थमन्त्री महत
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १८:२:३६
३ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको गुजरातमा भएको जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालको विकासमा केन्द्रीत रहेर महत्वपूर्ण छलफल भएको उनले बताए ।
अर्थमन्त्री महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेको बताए । उनले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको दावी गरे । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए ।
नेपालमा जलविद्युत् बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतले उल्लेख गरे । नेपालमा विद्युत् मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटनसमेत आकर्षक क्षेत्र रहेको, कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको तथा प्रतिफल फिर्ता लैजान नीतिगतरूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भई लगानी गर्न उनले लगानीकर्तालाई अनुरोध गरे ।
नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्नसक्ने र भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धी क्षमतासमेत बढ्न सक्ने सम्भावना रहेको मन्त्री महतले बताए । गुजरात उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप इन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरेको जानकारी दिए ।
जी–२० सम्मेलनमा नेपालले आफ्नो कुरा राख्न पाउनु नै एउटा उपलब्धि भएको उनले बताए । नेपाल जी–२० को सदस्य नभएपनि आमन्त्रण गरेको हुनाले नेपालका तर्फबाट अर्थमन्त्रीका रुपमा आफू सहभागी भएको बताए । सम्मेलनमा आफूले कम विकसित मुलुकले भोग्नु परेका र जलवायु परिवर्तनले निम्त्याएका समस्या तथा डिजिटलाइजेसनले निम्त्याएको चुनौतिका बारेमा कुरा उठाएको उनले बताए।
डिजिटल आर्थिक गतिविधिका लागि क्षमता बढाउन अन्तर्राष्ट्रिय सहयोगको आग्रह गरेको पनि उनको भनाइ छ । सम्मेलनका दौरान साइडलाइनमा भारत र चीनका अर्थमन्त्रीसँग लगानी र व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको बताए। गुजरातमा रहेका उद्योगी व्यवसायीसँग छलफल र नेपालमा लागनीका लागि गरिएको हआग्रह पनि एक उपलब्धि भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार