हाथवे इन्भेष्टमेन्ट नेपालको आजबाट आईपीओ खुला
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार ११:२४:३६
४ साउन, काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आज बिहीबार साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०५ का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ ।
यसमध्ये हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्कासन गरेको हो। साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।
त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुररिक्षत गरिएको छ । बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ ।
यसमा प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
यसमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले सेयर बजार, रियल स्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार