युनिलिभर नेपाल लिमिटेडको शेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १२:३८:५४
४ साउन, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै अघि बढिरहेको छ । बुधबार यसले ३९ हजार ९३० रुपैयाँको इन्ट्रा डे हाई बनायो । यो हालसम्मको उच्च विन्दु पनि हो । क्लोजिङ मूल्य भने २.५६ प्रतिशतले बढेर ३७ हजार २३० रुपैयाँ कायम भएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये यसको शेयर मूल्य सबैभन्दा धेरै हो । विगतलाई हेर्ने हो भने यस कम्पनीको शेयर कारोबार अरु कम्पनीहरु जस्तै दैनिक हुने गरेको पनि थिएन तर पछिल्ला दिनहरुमा युनिलिभरको शेयर दैनिकजसो ट्रेड हुने गरेको छ । लगानीकर्ताको आकर्षण यसमा ह्वातै बढेको देखिन्छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट अनुसार युनिलिभर नेपालले ३७ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसको प्रतिशेयर आम्दानी २ हजार १५१ रुपैयाँ र नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ । यही ७ महिनामा यसको मूल्य १०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
यता, ब्रोकर नम्बर १३ ले भने ३ हजार ८९६ कित्ता शेयर बिक्री गरेको छ । त्यस्तै, ४४ र ३४ नं ब्रोकरले क्रमशः २ हजार ३२३ र १ हजार ३७४ कित्ता बिक्री गरेका छन् । समग्रमा भन्नुपर्दा युनिलिभर नेपाल आधारभूत रुपमा निकै सबल कम्पनी हो, जसलाई बजार भाउले पुष्टि गर्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार