बरामद सुनको विषयमा प्रवेश नै नगरी सकियो गृहमन्त्री श्रेष्ठले मन्त्रालयमा राखेको छलफल
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १५:५३:५०
४ साउन, काठमाडौं । दुई दिनदेखि सुन तस्करीको विषयले बजार तताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुनको छानविन गर्न यति बेला राजश्व अनुसन्धान र भन्सार विभागसहित नेपाल प्रहरीको एक टोली खटिएको छ । बुधबार बरामद भएको सुन एक क्विन्टलभन्दा बढी भएको भनिएको छ । तर, यसमा गृहमन्त्रालयले भने जानकारी नै नपाएको जस्तो गरेको छ ।
बिहीबार गृहमन्त्रालयमा नै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लंघन तथा स्वच्छ बजार प्रबर्द्धनमा हुने बेथितिबारे सरोकार निकायका अधिकारीलाई डाकेर छलफल गरेका थिए । छलफलमा पटक पटक चोरी निकास र तस्करी कार्यलाई निरूत्साहित गर्नु पर्नेमा जोड दिइएको थियो । गृहमन्त्री आफैले बरामद भएको सुनको कुरा नउठाएपछि अरूले पनि उठाएनन् ।
छलफलमा गृहसचिव दिनेशकुमार भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, आन्तरिक राजश्व, भन्सार विभाग, उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित उपभोक्ता अधिकारकर्मी र उद्योगी व्यापारी उक्त छलफलमा सहभागी थिए । छलफलमा सहभागी एक व्यवसायीका अनुसार गृहमन्त्री श्रेष्ठले त्यो छलफलमा सुन तस्करी भएको र समातिएको विषय उठाएनन् ।
केवल मन्त्री श्रेष्ठले उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा केन्द्रित भएर लाग्न गृह मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिए । उनले कानुन उल्लंघन र बेथितिलाई छुट दिन नहुने बताउँदै गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकारलाई व्यवस्थित गर्न सरोकारवाला सबै पक्षले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालोबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने, उपभोक्ताले कसरी गुणस्तरीय वस्तु सहज ढङ्गले उचित मूल्यमा प्राप्त गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्न र उद्योग, व्यवसाय क्षेत्रमा हुने अनियमिततालाई ठीक ढङ्गबाट अनुगमन गर्न आवश्यक रहेको बताएका थिए । गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्न आवश्यक भएको धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार