समर्थन मूल्यमा धान बिक्री नहुँदा किसान सकसमा
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १०:४९:०
♦ इन्दीप कोइराला
५ साउन, बारा । सरकारले धानको समर्थन मूल्य तोके पनि बारा जिल्लामा भने धान खरिदकर्ता र किसानहरू दुविधामा परेका छन ।
सरकारले धान खरिदकर्ता सहकारी र व्यापारीहरूलाई अनुदान नदिएसम्म समर्थन मूल्यमा धान किन्न नसकिने बारा जिल्लाका धान खरिदकर्ताहरुले बताएका छन ।
हालैमात्र सरकारले मोटा प्रजातिका धानहरु, बिजी, राधा ४, सारो, सोनाको खरिद समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ रूपैयाँ तोकेको छ यो गत वर्षको तुलनामा ३ सय ३० रूपैयाँले बढी हो । स्थानीय बजारमा मोटा प्रजातिकाको धानको मूल्य २८ सयदेखि २९ सय प्रतिक्विन्टल रहेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्री लाल सहनीले जानकारी दिए ।
यस्तै मध्यम प्रजातिका धानहरुमा सोना मनसुली, साबित्री लगायत धानको खरिद मूल्य ३ हजार ३६२ रूपैयाँ प्रतिक्विन्टल तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय ३४ रूपैयाँ बढी हो । सरकारको मातहतको खाद्य संस्थानले पहुँचवाला र आफनो अनुकुल अनुसार समर्थन मूल्यमा धान खरिद गर्ने डुमरवानाका किसान माधव पाण्डेको आरोप छ ।
सरकारमा कर्मचारीतन्त्र हाबी भएकाले साना किसानलाई त धानको समर्थन मूल्य तोकेकोमा ‘कागलाई बेल पाक्यो हर्ष न बढाई’ भने जस्तो भएको उनको भनाई छ ।
गत वर्ष बाराका किसानले सरकारी मूल्य पाउने आशामा खाद्य संस्थान वीरगन्जमा बेच्न लगेको धान विभिन्न कारण देखाएर संस्थानले खरिद गर्न नकिने बताए पछि व्यापारीको मूल्यमा बेच्न बाध्य भएको किसान मनहर्वाका प्रदिप मगरले गुनासो गरे ।
यता तराईको धानको मूल्य भने सरकारले तोके जस्तो नहुने र भारतको मूल्यमा निर्भर हुने भएकाले समर्थन मूल्यमा सरकारले नै खरिद गर्नुपर्ने संघका अध्यक्ष मिश्रीलाल सहनी बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार