डीएसपी पाण्डे र इन्सपेक्टर साहमाथि कारवाहीको माग गर्दै कलैयामा कांग्रेसकाे प्रदर्शनमा
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार ११:२३:४४
५ साउन, बारा । नेपाली कांग्रेस बाराले घटनामा संलग्न प्रहरी अधिकृतको निलम्बन तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटीमाथि कारवाही र सरुवाको माग गरेका छन् । नेपाली कांग्रेस बाराले जिल्ला सचिव भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटीमाथि कारवाहीसहित तत्काल सरुवा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको छ ।
यसअघि नेपाली कांग्रेस बाराले बिहीबार पनि कलैयामा प्रदर्शन गरेकाे थियाे । बारामा पछिल्लो समय बिनाकारण प्रहरीले आफ्नाे जिम्मेवारी भुलेर बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निर्देशनमा प्रहरी दमन बढ्दै गएको र प्रहरी नै गुण्डा शैलीमा प्रस्तुत भएको भन्दै कांग्रेस बाराले उनीहरूलाई कारबाहीको माग गरेको हो । एक वर्ष भन्दा लामो समय बारामा बिताएका प्रहरी उपरीक्षक बोगटीले आफ्नो सरुवा पटक पटक थमौती गर्नुमा पनि स्वार्थ रहेको र यहाँका प्रहरीले शान्ति सुरक्षामा भन्दा पनि निजी स्वार्थमा बढी केन्द्रित रहेको उनीहरूको आरोप छ ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार राति दलका प्रतिनिधिलाई बिनाकारण कुटपिट गर्छ भने अन्य सर्वसाधारण र थुनामा रहेकाको स्थिति कल्पनासमेत गर्न नसकिने भन्दै यादवमाथि कुटपिट भएको घटनापछि आन्दोलित बनेको कांग्रेसले प्रहरी विरुद्धको प्रदर्शन जारी राखेको हो । कांग्रेसले प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन तथा बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको सरुवा नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएको छ ।
प्रहरी अधिकारी द्वय पाण्डे र साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ भने उनीहरूले बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीको निर्देशनमा सो कुटपिट भएको आरोप लगाएका छन । सवारी दुर्घटना सम्बन्धित विषयमा छलफल गर्न पुगेका बेला यादवमाथि कुटपिट भएको भन्दै कांग्रेसले बुधबार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
प्रहरीले कांग्रेस सचिव यादवमाथि कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्व्यवहार भएको भन्दै एकीकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ । दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरी विरुद्ध विरोध सभाको समेत आयोजना गरिएको थियो ।
विरोध सभामा नेपाली कांग्रेसका नेता एवं महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुर लगायतले सम्बोधन गरेका थिए ।
कलैया–बघवन सडकमा तीन साताअघि भएको पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनाको विषयमा छलफल गर्न कांग्रेस सचिव यादव सोमबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो क्रममा प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरूले हो, सबै पञ्च दलाल हुन्’ भनेपछि आफूले उक्त शब्दको विरोध गरेका र विरोध गर्ने क्रममा आफूमाथि कुटपिट भएको यादवले बताएका छन् । कुटपिटबाट यादवको अनुहारमा चोट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार