सशस्त्र प्रहरीको मिलेमतामो सम्सी नाकाबाट पोके तस्करी, चेक पोष्टको इट्टामुनी भेटिन्छ कमिशनको रकम
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १२:१९:४१
५ साउन, जलेश्वर । महोत्तरीको सम्सी नाकाबाट सशस्त्र प्रहरी कर्मचारीहरूको मिलेमतोमा पोके तस्करी हुने गरेको पाइएको छ । महोत्तरीको सम्सी नाकाबाट तस्करी बढेको उजुरी प्रतिवेदन छिन्नमस्ता बाहिनीमा पुग्नुका साथै बीओपीको चेक पोस्टमा ईट्टाले छोपेर राखिएको पैसा फेला परेपछि सशस्त्र प्रहरी कर्मचारीहरूको मिलेमतोमा तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा (बीओपी) सम्सीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हिमालय देव सुवेदी सई हुँदा लामो समय महोतरी मै घुमुवा बसेका र सशस्त्र प्रहरी निरिक्षक भए पछि सुवेदी फेरि महोत्तरी कै चर्चित सीमा नाका सम्सी प्रमुख भएर गएका हुन । जसबाट पनि पुरानै सेटिङमा सो नाकाबाट व्यापक मात्रामा तस्करी हुने गरेको सहजै आंकलन गर्न सकिन्छ ।
सो नाकाबाट भारततर्फ ठूलो मात्रामा गोरुका साथै भारतबाट नेपालतर्फ लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् । महोत्तरीको सो नाकाबाट भित्रिएका मालसमानहरु महोत्तरीको गौशाला,बर्दिवासका साथै जनकपुर र सिन्धुलीसम्म पुग्ने गरेको समेत व्यापारीहरूले बताए ।
सशस्त्र प्रहरीको सेटिङ्गमा महोत्तरीको सम्सीको सो नाकाबाट अहिले रातदिन तस्करी भइरहेको छ । सम्सीको अलावा मठियानी, भिठामोड, रघुनाथपुर, खैरबनी, इटहर्वा लगायतका नाकाहरूबाट व्यापक मात्रामा तस्करी भई रहँदा समेत जिल्लाका सुरक्षा संयन्त्रहरु मौन देखिनुले उनीहरूको मिलेमतोमा तस्करी हुने गरेको पाइएको छ ।
यी सीमा नाकाहरूबाट सानातिना व्यापारीहरूले दिउँसै समान ओसार पसार गर्छन् भने ठूला व्यापारीहरूले रातभरी लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, सुर्तीजन्य पदार्थ, तेल, चिनी, मरिच-छोकडा र मटर दाना लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी गर्ने गरेको पाइएको छ ।
अहिले नेपालबाट मदिरा,स्याउ, टुथ पेस्ट, कस्मेटिकका सामाग्रीहरु लगायतका सामानहरू भारत पठाउने गरिएको छ । महोत्तरीका प्रमुख तस्करहरू महेश यादव, गाइबला मियाँ, संजीव, सपना सिंह, रञ्जित यादव, जानीपुर बाली, रघु, मिठुर, राजेश गुप्ता लगायत तीन दर्जन भन्दा बढी साना ठूला व्यापारीहरूलाई सशस्त्र प्रहरी कर्मचारीहरूले लाईन दिएका छन् ।
मठियानी नाकाबाट सुजित साह, अमरेश यादव, नसिवा, बालाजी, अलि हसन लहेरी, दिनेश यादव, प्रमोद साहसँगै दुई दर्जन व्यापारीहरुले लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानहरू, सुर्ति, किराना, भाडा बर्तन, मलखाद,मटर-मरिच र मटर दानाको व्यापक रुपमा तस्करी गर्ने गरेको छन् ।
त्यस्तै नेपालबाट घरेलु तथा सिल प्याक मदिरा, स्याउ, टुथ पेस्ट, कस्मेटिकका सामाग्रीहरु लगायतका सामानहरू भारत पठाउने गरेको पाइएको छ । व्यापारीहरूका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले चोक पोष्टमा छुट्टै र सशस्त्र प्रहरी निरीक्षक सुवेदीले मासिक रुपमा छुट्टै कमिशन लिने गरेका छन् । एक व्यापारीका अनुसार सीमामा डिउटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरूले २०,५० र १०० लिने गरेका छन् ।
सशस्त्र प्रहरी निरीक्षक सुवेदीले भने मासिक तीन हजार देखि १० हजारसम्म कमिसन असुल्ने गरेको व्यापारीहरूको भनाई छ । तर सशस्त्र प्रहरी निरीक्षक एवम बीओपी सम्सीका प्रमुख सुवेदीले आफूले कुनै प्रकारको कमिशन नलिएको र आफ्ना कुनै कर्मचारीहरूले यस्तो कार्य गरेमा कडा कारवाही गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार