विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १३:१६:३२
५ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१(०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार