एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, के के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १४:१६:२
५ साउन, काठमाडौं । एनएलजी इन्सुरेन्सको साउन १५ गते विशेष साधारणसभा बस्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत (१०ः६.६ अनुपातमा) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६५ हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्याउने प्रस्ताव सभामा पेस हुनेछ। हकप्रद शेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
विशेषसभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः ३० बजे सुरु हुनेछ । विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ । साउन ७ गतेसम्म कायम रहने शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
एनएलजीलाई हकप्रद शेयर बिक्री गर्न नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । अब सभामार्फत प्रस्ताव पारित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।
बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद शेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार