केन्द्रीय सदस्यका प्रश्नै प्रश्नः नेताहरु कराइरहने, कांग्रेसको अस्तित्व कसरी जोगिएला ?
भेषराज पोखरेल
साउन ६, २०८० शनिबार १४:१०:५६
अहिले सबैभन्दा पुरानो र ठूलो ऐतिहासिक दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । कांग्रेसका केन्द्रीय सदस्यहरू आफ्ना भनाइ राखिरहेका छन् । सदस्यहरूले बोल्ने क्रममा कांग्रेसको नेतृत्वप्रति प्रश्नहरू उठाइएका छन् भने समग्र कांग्रेस अब कसरी अस्तित्व बचाएर अगाडि जाला भन्ने प्रश्न पनि उठेको छ । गठबन्धन सरकारको सबैभन्दा ठूलो दल कांग्रेसले अहिले सरकारले अगाडि बढाइरहेका भ्रष्टाचारका मुद्दालाई कसरी लिने ? भन्ने प्रश्न उठाएका छन् ।
नेताहरूले अहिले अगाडि आएका भ्रष्टाचारका मुद्दामा मौन बस्यौं भने कांग्रेसलाई जनताले भ्रष्टाचारीको संरक्षक भन्नेछन् भन्दै चिन्ता व्यक्त गरेका छन् । काग्रेस नेतृत्वप्रति प्रश्न उठाउँदै कांग्रेसप्रति जनता किन निराश छन् ? नेतृत्वले त्यसको हेक्का राख्नुपर्ने बताएका छन् । सदस्यहरूले कांग्रेस नेतृत्वप्रति विभिन्न प्रश्न उठाए पनि संस्थापन पक्षले भने सुन्न चाहेको देखिन्न । संस्थापन पक्षले जति प्रश्न आए पनि सभापति शेरबहादुर देउवा र नक्कली भुटानी काण्डमा मुछिएका बालकृष्ण खाँणको बचाउ गरिरहेका छन् ।
देउवा कांग्रेस प्रजातान्त्रिक दल हो, आफ्नो नेतृत्व अकंटक भए यही नै प्रजातान्त्रिक प्रक्रिया हो, यही नै सबै हो भन्नेमा छन् । उनका नजिकी नेताहरू पनि उनको पक्षमा बोलेपछि आफ्नो अस्तित्व जोगिन्छ भन्नेमा ढुक्क छन् । संस्थापनइतर मानिने शेखर कोइराला पक्षीय नेताहरू त छट्पटाउने भइहाले, दुवै पक्षमा नअटाएका र अटाउन नचाहेका युवाहरू कांग्रेसको भविष्यलाई लिएर बढी नै छट्पटाइरहेका छन् ।
यो बैठकमा नक्कली भुटानी तथा ललिता निवास प्रकरणमा सदस्यहरूले प्रश्न उठाए पनि छलफलको विषय बन्ने देखिन्न । समग्रमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भ्रष्टाचारका कुरा, राष्ट्रको आमूल परिवर्तनका कुरा, पार्टी रुपान्तरण र भविष्यप्रति चिन्ता व्यक्त गरिए पनि कांग्रेस नेतृत्वले अहिलेको बैठक पार भएपछि कुनै परिवर्तनका योजना स्वीकार्ला जस्तो देखिन्न ।
कांग्रेस अहिले सबैभन्दा ठूलो दलको हैसियतमा छ । तत्काल गठबन्धन सरकारको नेतृत्व नगरे पनि सभापति शेरबहादुर देउवा सरकार नेतृत्वको पालो कुरेर बसेका छन् । देउवा कांग्रेस प्रजातान्त्रिक दल हो, आफ्नो नेतृत्व अकंटक भए यही नै प्रजातान्त्रिक प्रक्रिया हो, यही नै सबै हो भन्नेमा छन् । उनका नजिकी नेताहरू पनि उनको पक्षमा बोलेपछि आफ्नो अस्तित्व जोगिन्छ भन्नेमा ढुक्क छन् । संस्थापनइतर मानिने शेखर कोइराला पक्षीय नेताहरू त छट्पटाउने भइहाले, दुवै पक्षमा नअटाएका र अटाउन नचाहेका युवाहरू कांग्रेसको भविष्यलाई लिएर बढी नै छट्पटाइरहेका छन् ।
उनीहरूलाई आफ्नो अस्तित्व कहाँ खोज्ने भन्ने चिन्ताले सताइरहेको छ । कांग्रेसका दोस्रो तहका गुरु घिमिरेसहितका युवा नेताहरूले कांग्रेस रुपान्तरणको अभियान चलाए । देशभर कार्यकर्ता भेला गरेर कांग्रेस रुपान्तरणका सुझाव संकलन गरे । सो सुझाव सभापति शेरबहादुर देउवाले भने बुझेनन् । सभापतिले नबुझेपछि सो सुझावलाई कांग्रेस केन्द्रीय सचिवालयमा बुझाइएको छ । अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीको भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । यसै पनि विभिन्न समयमा विभिन्न रुपमा अगाडि आउने कम्युनिष्ट शक्तिका आकर्षक नारासँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई सजिलो छैन । अर्को, पछिल्लो समयमा भ्रष्टाचार र राष्ट्रियताका मुद्दा अगाडि सारेर जनताको मन जित्न कस्सिएका नयाँ दलहरूसँग पनि प्रतिस्पर्धा गर्न भरपर्दो योजना छैन ।
कांग्रेसको सांगठनिक अवस्था, त्यसको चलाइ, भ्रातृ संगठनको अवस्था, शुभेच्छुक संस्थाको अवस्था र राष्ट्रिय मुद्दालाई हेर्ने तरिकालाई विश्लेषण गर्दा सभापति देउवालाई यी कुराहरूमा मतलव भएको देखिन्न । उनलाई सकेसम्म सबै क्षेत्रमा सुस्त, सुस्त आफ्ना मान्छेलाई भर्ने र एकपटक प्रधानमन्त्री बन्ने बाहेक अरुतिर सोच्न पनि चाहेको देखिन्न । उनलाई कांग्रेसबाट ठूलो उपलब्धि हासिल भयो, अब जे गरे पनि आफूलाई थप फाइदा हुने होइन भन्ने लागेको देखिन्छ ।
यस्तो अवस्थामा नेतृत्व विधान अनुसार चलेर पार्टीलाई सक्रिय बनाए हुन्थ्यो, कांग्रेस संलग्न गठबन्धन सरकारले भ्रष्टाचारका मुद्दा अगाडि सार्दा दह्रोसँग अडान राखे हुन्थ्यो, विकास र सुशासनमा अडान राखे हुन्थ्यो भन्ने लागेको छ । अर्को, छिमेकी राष्ट्र तथा विश्वका अन्य राष्ट्रसँगको सम्बन्धमा स्पष्टता आए हुन्थ्यो, सीमा समस्या, उनीहरूले अगाडि सार्ने योजनामा पनि कांग्रेसले विशेष धारणा राखे हुन्थ्यो भन्ने युवा नेताहरूलाई लागेको देखिन्छ । आम सर्वसाधारणले पनि त्यही खोजेका छन् ।
यी विषयसँग सम्बन्धित समस्या अगाडि आएपछि केही थपथाप गरेर कामचलाउ रुपमा मिलाउने नभएर कांग्रेसले स्पष्ट धारणा अगाडि सारोस् भन्ने पनि उनीहरूलाई लागेको छ । नेतृत्व भने सत्ता र सुविधा भएपछि अरुतिर सोच्नै नचाहेको देखिन्छ । यतातिर सोच्ने हो वा धारणा बनाउने हो भने आफ्नो शक्ति कमजोर बन्ने तथा प्रधानमन्त्री बन्ने बाटोमा अवरोध आउन हो कि भन्ने डरमा देखिन्छन् सभापति देउवा । अहिलेको कांग्रेसको सांगठनिक अवस्था, त्यसको चलाइ, भ्रातृ संगठनको अवस्था, शुभेच्छुक संस्थाको अवस्था र राष्ट्रिय मुद्दालाई हेर्ने तरिकालाई विश्लेषण गर्दा सभापति देउवालाई यी कुराहरूमा मतलव भएको देखिन्न । उनलाई सकेसम्म सबै क्षेत्रमा सुस्त, सुस्त आफ्ना मान्छेलाई भर्ने र एकपटक प्रधानमन्त्री बन्ने बाहेक अरुतिर सोच्न पनि चाहेको देखिन्न । उनलाई कांग्रेसबाट ठूलो उपलब्धि हासिल भयो, अब जे गरे पनि आफूलाई थप फाइदा हुने होइन भन्ने लागेको देखिन्छ ।
कांग्रेसले अहिले आफूसँग भएको सिद्धान्त, धारणा, स्वभाव, व्यवहार पनि जनतालाई बुझाउन सक्ने अवस्थामा छैन । अहिले सरकारमा कांग्रेसका अर्थमन्त्री भए पनि देशको अर्थतन्त्रको बाटो बनाउने, देशलाई सुशासन र शिष्ट राज्य सञ्चालन संस्कारको बाटो देखाउने भन्दा कसरी दलालीकरणलाई अझ बढाउने भन्नेतिर लागे । उनले करमा गरेको हेरफरले जनतालाई पोलेको देखिन्छ । यसले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा थाम्छ भन्ने जनताको मान्यतालाई खण्डित बनाउन पुग्यो ।
यो अवस्था भनेको कांग्रेसको ठूलो क्षतिको विषय हो । यस्तो अवस्थामा युवा नेता, कार्यकर्ता के गर्ने ? सधैं सभापतिको आलोचना मात्रै गरेर छट्पटाउँदा समस्या समाधान त हुन सक्दैन । उनीहरूले जनतासँग गएर यथार्थ बुझाउने, कतिपय सुधार तथा समस्या समाधानका काममा केन्द्रको बाटो नहेरी खटिहाल्ने हो भने केही हुन सक्छ । अर्को, राष्ट्रिय समस्या, विश्व परिस्थितिमा आएका नयाँ अवस्था, अन्य दल तथा जनताबाट आएका प्रश्न तथा आलोचनाको तत्काल बहस, विश्लेषण गरेर निष्कर्ष निकाल्ने र नेतृत्वलाई त्यसै अनुसार चल्न बाध्य पार्न सक्ने हो भने कांग्रेसले आफ्नो पहिचान राखिरहन सक्छ ।
अर्को, युवा नेताहरू तथा तल्लो तहका जनप्रतिनिधिहरूले केन्द्रको बाटो नहेरेर आफ्नो काम गराइलाई सुधार गरेर नमुनाका रुपमा स्थापित गर्ने हो भने नेतृत्व बदलिन बाध्य हुन्छ । त्यस्तै राम्रो कुरामा एक भएर नेतृत्वलाई दह्रो दबाब दिइरहने हो भने पनि सुधारिने आशा गर्न सकिएला । होइन भने कांग्रेसी समर्थक तथा नेताहरू अडिरहन कठिन छ । उनीहरूले नयाँ बाटो खोज्दै उदाउँदा दलहरु तिर लहसिने अवस्था आउनेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार