लोपोन्मुख आरन पेसा प्रवर्द्धन गर्न अभियान सुरु
नेपालबहस संवाददाता
साउन ६, २०८० शनिबार १३:२०:१६
खड्क सुनार
६ साउन, मुगु । हिमाली जिल्ला मुगुमा सञ्चालित एक गैर सरकारी संस्था आई।एन।एफ मुगुले दलित समुदायको पहिलो पेशामा रहेको लोपोन्मुख आरन पेसा प्रवर्द्धनका लागि कार्यक्रम सुरु गरि उसलाई बचाउन लागि परेका छन् ।
जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं , ६,७ लगायत दर्जनौ दलित समुदायलाई आरन पेशा ब्यवसाय बचाउन सो संस्थाले यो कार्यक्रम थालनी गरेको हो । पछिल्लो समय लोहार जातिले गर्दै आएको आरन पेसा लोप हुँदै गएपछि यसलाई प्रवर्द्धन गर्न अभियान सुरु गरिएको आई।एन।एफ मुगुकी सहायक क्षमता विकास अधिकृत शारदा कुमारी हितानले बताईन ।
उनले भनिन् 'पहिलो पटक सोरु गाउपालिकाका दलित समुदायका नागरिकहरुलाई केही भए पनि आफ्नो जिविको पार्जन गर्नको निम्ति संस्थाले आरन पेशा गर्दा आबश्यक पर्ने सामग्री आफर, रेत, घन, हतौडा, सराँसोलगायत सामान वितरण गरेका छौ ।' व्यक्तिगत लगानीमा यहाँका दलितलाई आरन पेसा बचाउने सामान वितरण गरिएको उनको भनाइ छ ।
सोरु गाउपालिकाका लालसिंह कामीलगायत अन्य दलित समुदायका नागरिकहरुलाई आरन पेसामा आवश्यक पर्ने सामान हस्तान्तरण गरेको बताईन । थोरै लगानीमा पनि यहाँका नागरिकहरुले आफ्नो परिवारको घर खर्च धान्नुका साथै जिविकोपार्जनमा उत्तिकै टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्कीले बताए । उनका अनुसार यस पेशा लाई बचाउन यहाँका स्थानीय सरकार लगायत संघसंस्थाले जोड दिनु पर्ने बताए ।
लालसिंह कामीले विगतदेखि गर्दै आएको काम विस्तारै हराउँदै गएको सुनाए । पहिला छालाको माध्यमबाट निर्माण हुने खँलातबाट आरन पेसा गरेका थियौँ कामीले भने 'पछि खँलात पनि पाइन छाडे, अहिले त यो पेसा गर्ने मान्छे नै हराए ।' साथै, आरन पेसा पुस्तान्तरण नहुँदा हराउँदै गएको उनको भनाइ छ । बीचमा आरन चलाउने कुनै सामान नै थिएन ।
आई.एन.एफ संस्थाले सहयोग पछि अब यो पेसालाई निरन्तरता दिने सोच रहेको उनले बताए । संस्थाले आरन पेशा मात्र नभएर घरमा हुने नियमित सरसफाईका सामग्री र शिक्षा क्षेत्रमा पनि उत्तिकै पैरवी गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार