आइक्यानबाट नबिल र मुक्तिनाथले पाए उत्कृष्ट पुरस्कार
नेपालबहस संवाददाता
साउन ६, २०८० शनिबार १४:०:७
६ साउन, काठमाडौं । हरेक वर्ष सार्वजनिक हुने वार्षिक वित्तीय प्रतिवेदन वास्तविक र उत्कृष्ट भएको भन्दै नेपाल चार्टर्ड एमाउण्टेन्टहरुको संस्था आइक्यानले नबिल बैंक र मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको छ । वित्तीय क्षेत्रतर्फ मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिएको छ ।
आईक्यानले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड दिएको हो । यस्तै नबिल बैंक पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको छ ।
आईक्यानबाट मुक्तिनाथ बैंक लगातार चौथोपटक पुरस्कृत भएको हो । आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथग्रहण समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अवार्ड प्रदान गरेका थिए । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटीएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको भन्दै पुरस्कृत गरिएको हो ।
वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो । नबिल बैंकको वार्षिक प्रतिवेदन नेपालका तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्ट्यान्टस् (साफा) ले दक्षिण एसियालीस्तरमा गर्ने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, केहीमा आंशिक क्षति
पुष ७, २०८१ आइतबार
जङ्गल सफारीमा पर्यटक
पुष ७, २०८१ आइतबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार