शुक्रबारदेखि चन्द्रागिरीमा उपसभामुखसँग दुवै तहका सभा सञ्चालनबारे सभामुख र अध्यक्ष छलफलमा
नेपालबहस संवाददाता
साउन ६, २०८० शनिबार १५:४७:२१
६ साउन, काठमाडौं । संसदीय समस्याका विषयमा शनिबारदेखि सातै प्रदेशका सभामुख र उपसभामुखसँग काठमाडौँको चन्द्रागिरीमा संघीय संसदका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफल गरिरहेका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रम शनिबार पनि जारी छ ।
शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेश सभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिएका छन् । उनले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताएका छन् । २०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
गठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार