वैतनिक वकिलको अबैद्य धन्दाः पीडितबाटै लाखौं रकम असुल
नेपालबहस संवाददाता
साउन ६, २०८० शनिबार १७:५२:०
•हेमन्त केसी
६ साउन, डोल्पा । बिगत छ बर्षदेखि डोल्पा जिल्ला अदालतमा वैतनिक अधिवक्ता रुपमा रहेका घनश्याम उपाध्याउले पीडितबाट नै रकम असुल्ने गरेको आरोप लागेको छ।
वैतनिक वकिलको काम पीडित, विपन्न न्यून आयस्रोत भएका पीडितहरुको पक्षमा उनीहरूका हकहितमा मुद्दा तयार पारिदिने र बहस तथा पैरवी गरिदिने भएपनि घनश्यामले पीडितबाट नै रकम असुल गरिरहेको आरोप लागेको हो । पीडितको मुद्दा नहेरिदिने , हेरेपनि महँगो रकम माग गर्ने र रकम दिन नसके पीडकबाट मोटो रकम लिई पीडकलाई नै बचाउने किसिमको बहस पैरवी गर्दै आईरहेको पीडितले बताएका छन् ।
वैतनिक वकिल घनश्यामले पीडित पक्षमा घटनाको पक्षका काम गर्छु भन्दै त्रिपुरासुन्दरी नगरपालिका १ का राजीमान सार्कीसँग लाखौँ रकम लिएको बताए । सार्कीलाई त्रिपुरासुन्दरी नगरपालिकाका एक स्थानीयले हातपात र गालीगलौज गरेको बिषयमा पीडित राजीमान सार्कीले वैतनिक वकिल घनश्याम उपाध्यायलाई भेटी मुद्दा लेखिदिन अनुरोध गर्दा शुल्क नलिएर मुद्दाका काम नगर्ने भन्दै महिनौं झुलाएको सार्कीले दुखेसो सुनाए ।
पीडित राजीमान सार्कीका अनुसार म वैतनिक वकिल भएपनि शुल्क नलिईकन म मुद्दा लेख्दैन भनी १ महिना झुलाएर उल्टै पीडित राजीमान सार्कीलाई गालीगलौज गर्ने व्यक्तिसँग फोन सम्पर्क गरी 'तपाईको बिरुद्धमा मुद्दा लेखौ कि नलेखौ ?' भनेर मोटो रकमको मोलमलाई गरी फिर्ता गरिदिएको गुनासो सार्कीको छ ।
यसै गरी वैतनिक वकिल उपाध्यायले ठुलीभेरी नगरपालिका ४ माइतीघर भएकी भीरू शाही माथि निजका पतिले अर्को विवाह गरेकाले बहुविवाहको मुद्दा लेखी सहयोग गरी न्याय पाउ भनि कानुनी सहयोग लिन गएको समयमा भीरु बुढा शाहीलाई पनि मुद्दा लेखेको शुल्क लिएर मात्र काम गर्ने बताएको आरोप लागेको छ ।
धीरुले हामी जस्ता पीडितका मुद्दा लेख्न र बहस गर्न त तपाईँ वैतनिक वकिल रहनुभएको हो भनि प्रश्न गर्दा विवाद भएपछि मात्र जाहेरी तयार गरिएको तर जाहेरीमा प्रमाणित गर्न नमानेको धीरुले बताइन । वैतनिक वकिल घनश्यामले उल्टै पीडितका पती र सौतालाई भेटी उनीहरूलाई बचाउनका लागि मोटो रकम माग गरी पीडकको पक्षमा बहस हेर्न खोजेका भन्ने गुनासो बुढा शाहीले आरोप लगाएकी छिन् ।
वकिल उपाध्यायले जगदुल्लाको अँगद महताराबाट जवरजस्ती करणी मुद्दा मिलाइदिन्छु भनेर ७ लाख लिएको पीडित सुनाउँछन । त्यसै गरी छार्काताङ्सोङ्गको उर्केनबाट जवरजस्ती करणीको मुद्दामा १८ लाख रूपैयाँ लगेर उक्त मुद्दा समेत हराएको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले भन्यो, पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बक्यौता छुट दिने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार