अमेरिकी गए, चिनियाँ आउँदै, नेपालका शीर्ष नेताहरु सबै विदेश
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार ११:५०:५४
७ साउन, काठमाडौं । अमेरिकाका मध्य तथा दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेको दुई साता नबित्दै उत्तरी छिमेक चीनबाट पनि उच्च तहको राजनीतिक आजबाट सुरु हुने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने भ्रमणका लागि आज दिउँसाे नेपाल आइपुग्नेछन् । उनीहरू नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा छन् । साथै पूर्व प्रधानमन्त्री माधव नेपालको पनि विदेश भ्रमण तय भइसकेको छ ।
गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट हुन लागेको यो उच्च स्तरको भ्रमण हो । युआन चीनका ठूलो र शक्तिशाली शहरहरूमध्ये एक छोङछिङ शहरको प्रतिनिधिमण्डल आज काठमाडौं आउन लागेका हुन् । युआन सीपीसीका २४ केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुन । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहका रूपमा पोलिटब्युरोलाई लिइन्छ ।
सीपीसीको सन् २०२२ मा भएको २० औं जनकंग्रेसले युआनलाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको थियो । उनी त्यसअघि सीपीसीको केन्द्रीय सदस्य थिए । उनी राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र मानिन्छन् । ‘अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को कार्यान्वयनमा जोड दिएको छ, चिनियाँहरु पनि आफ्नो स्वार्थ अनुकूल आउन लागेको हुन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
युआनले नेपालमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम थियो तर प्रधानमन्त्री इटाली र ओली कम्बोडिया भएका कारण यी दुई नेतासँग भेटघाट नहुने अवस्था छ । माधव नेपाल पनि विदेश जाने कार्यक्रम तय भैसकेकाले उनीसँगको भेटघाट पनि अलमलमै रहेको छ । नेपाल सोमबार इण्डोनेसिया जाँदैछन् ।
त्यसअघि उनको कार्यतालिका मिलाउन सचिवालय लागिपरेको छ । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सभामुख देवराज घिमिरेलाई पनि भेट्ने छन् । युआनले केही मन्त्री, नेतासँग पनि भेटवार्ता गर्न सक्ने परराष्ट्रका एक अधिकारीले बताए । चीनले छिमेकी देशलाई उच्च प्राथमिकतामा राखेकै कारण यो भ्रमण हुन लागेको हो ।
युआनको भ्रमणमा सीपीसी र नेपालका पार्टीहरू बीचको सम्बन्धका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयन र चीनले अघि सारेका अन्य इनिसिएटिभका बारेमा पनि छलफल हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अघि सारेको बीआरआई (पहिले वन बेल्ट वन रोड) अन्तर्गतका कार्यक्रमलाई प्राथमिकता दिए पनि नेपालमा प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । बेइजिङबाट यसअघि असार २७–३० मा सीपीसीको विदेश विभागको टोलीले नेपाल भ्रमण गरेको थियो । भ्रमणका क्रममा सीपीसी विदेश विभागका काउन्सिलर तु स्याउलिनले नेपाल र चीन मिलेर विकास गर्नुपर्ने बताएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका पार्टी प्रमुख एवम् सचिव युआन च्या च्युन आउन अघि शनिबार पाँच जना सरकारी अधिकारीहरू काठमाडौं आइपुगेका छन् । उनीहरू एअर चाइनाको उडानबाट काठमाडौ आएका हुन् । सिङचियाङ लि,चिङचुन वाङ,चुन्सु लि, छिङयाङ पाई र छिउतिङ वेन नेपाल आएर युआनको भ्रमण कार्यतालिका र कार्यक्रम तय गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार