मेयर हर्क राज राई, सेवाः यलम्बर बन्नुस, न कि लेण्डुप दोर्जे !
विनोद त्रिपाठी
साउन ७, २०८० आइतबार १२:२६:२०
मेयर, हर्क राज राई, धरान उपमहानगरपालिका । मैले यहाँ साम्पाङ लेखिन । धरान उपमनपाको आधिकारिक साइटमा उल्लेखित नेपाली नागरिकताको नाम लेखेको हुँ । तपाईँले सार्वजनिक गरेको ‘सेवा’ शब्द सम्मानस्वरुप शीर्षकमा राखें । तपाईँको सम्मानका खातिर नमस्कार भनिन है । स्वीकार्नुहोला ।
अब तपाईंको मनमा प्रश्न उठ्न सक्छ, यो लेख्ने बाहुन पो रहेछ । खूब उपदेश दिने ! तपाईँले यो सोच्नुहोला भन्ने किन आशंका गरे भने तपाईँले पछिल्ला पटक सामाजिक संजालमा व्यक्त विचारका आधारले त्यो शंकाको सुविधा मलाई प्रदान गरेको हो । मलाई बाहुन नमान्नुस । पर्दैन । विनोद प्रधान, परियार, विक, गुरुङ, थारू, मगर जे जे मानेपनि हुन्छ । थरविहिन विनोद सम्झिए झन गज्जब हुन्छ ।
मलाई जातप्रति गौरव छैन । नेपाली राष्ट्रियताप्रति मात्र मलाई उच्च गौरव अनुभूति हुन्छ । अर्को कुरा लामो समय पत्रकारिता गर्ने दौरानमा तपाईँका वरपरका थोरै तिनै राई लिम्बु मित्रजन, शुभेच्छुक, पाठक र फ्यान पनि छन् है मेरा । यो आलेख सुझाव, अर्ति, उपदेश र कुनै सल्लाह नसम्झनु होला । दुईचार शब्द मार्फत पत्रकारिताको धर्म निभाउने जमर्को मात्र गरेको हुँ ।
ज्ञान भुमि, शान्ति भुमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।
यो आलेखमा राष्ट्रिय गानका रचनाकार प्रदीप कुमार राईका यी सृजनालाई आधार बनाएर तपाईँको सम्भावनालाई जीवित राख्ने जमर्को गर्दैछु । मेयर, हर्क राज राई, ती सम्भावना भनेका तपाईँले देखाएका उर्जावान जनप्रतिनिधिको जिम्मेवारी हो । चुनाव जितेपछि तपाईँले भरेका उत्साह देशभरि फैलिएका छन् । जसरी प्रदीपकुमार राईले रचना गरेका यी राष्ट्रिय गानका शब्दहरूले सबै जातिलाई सम्मान दर्शाएका छन्, त्यसरी नै तपाईँले धरानमा खुवाएको पानीले देशभरका काकाकुल बस्तीहरुले तिर्खा मेटेको अनुभूति गरेका छन् । तपाईँमा देखिएको लगन, मिहिनेत र श्रमको उच्च कदर गर्ने निकै थोरै पत्रकार मध्ये म एक हुँ । यो आलेखमा तपाईंलाई प्रशंसा गर्न खोजिरहेको छैन । तपाईँमा देखिएको एक मानकको प्रतिक धुमिल नहोस भन्ने अपेक्षाबाट यी हरफहरू कोरिरहेको छु ।
ट्रम्प यस्ता विषयहरूमा बदनाम छन्, जुन अमेरिकी कानुनले उनलाई माफी दिने छैन । सार्वजनिक व्यक्ति उत्ताउलो हुँदा कति गंभीर परिणाम भोग्नुपर्ने रहेछ भन्ने ट्रम्पबाट विश्वले सिकिरहेको छ । यो शिक्षा नेपालका हरेक राजनीतिज्ञले सिक्न सक्छन् ।
तपाईँ, भोजपुरमा जन्मेर तल धरानमा ओर्लेर विगतदेखि खानेपानी ल्याउने क्रान्ति सुरु गर्नुभयो । यो वास्तविकता मलाई भन्दा त्यहीँका धराने जनतालाई धेरै थाहा छ । बाहिर आएका खबरका आधारमा तपाईँले खानेपानी ल्याउन गरेका संघर्षहरू देशका धेरै पालिकाका लागि प्रेरणा बनिरहेका छन् । ‘श्रमलाई विकाससँग कसरी जोड्न सकिन्छ, एक पटक धरानका मेयरलाई हेर’ भन्ने उपदेशात्मक दुईचार वटा लेख मैले लेखिसकेको छु । म जस्तै कयौं नेपालीले तपाईँका सकारात्मक पाइलाहरूलाई प्रशंसाको बाढी ल्याइदिएका छन् ।
आज पर्यन्त तपाईँप्रति नेपाली जनताको भरोसा जीवित छ र यो पनि तपाईँले सोच्नुपर्नेछ, अहिले त्यो भरोसा मुर्छित छ । यो सवाल धरानबासीसँग मात्र जोडिएको छैन । तपाईँप्रति जनताको मुर्छित भरोसा मेचीदेखि महाकालीसम्मका नेपालीको मन भित्र गडेको छ । के तपाईले अब चुनाव अघिकै जस्तो विश्वासिलो हर्क राज राई कायम गर्न सक्नुहोला ? अवश्य सक्नुहुनेछ । तर, कसरी ? यो विषयमा थोरै चर्चा गर्ने अनुमति माग्दछु ।
जनप्रतिनिधिमा हुनुपर्ने संयमता
चुनाव जितेर पनि अमेरिकी जनताको सम्पूर्ण विश्वास गुमाउन पुगेका व्यक्ति हुन्, डोनाल्ड ट्रम्प । अर्थात चुनाव जित्दैमा जनताको विश्वास जित्न नसक्दा सार्वजनिक जीवन समाप्त हुने रहेछ भन्ने ट्रम्प ज्युँदा उदाहरण हुन् । अमेरिकाको इतिहासमा एकाध बाहेक सबै जसो व्यक्ति दुई पटक राष्ट्रपति बने । तर, ट्रम्पलाई भने त्यो अवसर प्राप्त हुन सकेन । उनी आसन्न राष्ट्रपति चुनावमा उठ्ने जमर्को त गर्दैछन्, तर,उनीमाथि लागेका कयौं मुद्दाहरूले उनको त्यो उद्देश्य पुरा नहुने करिब निश्चित जस्तै छ । ट्रम्प यस्ता विषयहरूमा बदनाम छन्, जुन अमेरिकी कानुनले उनलाई माफी दिने छैन । सार्वजनिक व्यक्ति उत्ताउलो हुँदा कति गंभीर परिणाम भोग्नुपर्ने रहेछ भन्ने ट्रम्पबाट विश्वले सिकिरहेको छ । यो शिक्षा नेपालका हरेक राजनीतिज्ञले सिक्न सक्छन् ।
तपाईँ एक जिम्मेवार जनप्रतिनिधि हो, जुन व्यक्तिको दायित्व झगडा साम्य पार्ने दायित्व भित्र पर्छ । आफैँ झगडाको मैदानमा उत्रने होइन । तपाईँलाई आलोचना गर्ने अधिकांश व्यक्तिहरू तपाईँको तहका व्यक्ति होइनन् । ती सर्वसाधारण नेपाली जनता हुन् ।
मेयर, हर्क राज राई , तपाईँले नेपालको संविधान अनुसार चुनाव जित्नु भएको हो । संविधान अन्तर्गत बनेका ऐन, नियम र कानुन पालना गर्नुपर्ने दायित्व तपाईँको हो । तपाईँले नियम पालना गरेपछि नगरबासी जनतामा गतिलो छाप पर्नेछ ।
पहिलो कुरा त पालिका प्रमुख वा अध्यक्षको जिम्मेवारी बारेमा स्पष्ट हुन जरुरी छ । स्थानीय जनप्रतिनिधि (अध्यक्ष–प्रमुख) को काम, कर्तव्य र अधिकार सम्बन्धमा भनिएको छ,‘पालिका तहमा सुशासन कायम गर्न राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था र निजी क्षेत्रबीच आपसी समन्वय, सद्भाव र सामनजस्यता कायम गर्ने ।’ कानुनले तोकेको यो जिम्मेवारीबाट तपाईँ पछिल्ला दिनहरुमा परपर भागिरहनु भएको छ । जात, धर्म र नश्लीय विषयमा प्रवेश गरेका सामाजिक संजालमा तपाईँले दोहोरी खेल्नु नै तपाईँको गैरजिम्मेवारपन हो ।
तपाईँलाई थाहै छ, आज सामाजिक संजाल कति भद्दा र मजाक गर्ने प्लेटफर्म बनिरहेको छ । हिजो बाबुराम भट्टराई, रविन्द्र मिश्र, रवि लामिछानेहरु लगायतलाई प्रशंसाको ओइरो आउने सामाजिक संजाल आज आलोचनाका बाढीले हलचल ल्याइदिएको छ । तपाईँ एक जिम्मेवार जनप्रतिनिधि हो, जुन व्यक्तिको दायित्व झगडा साम्य पार्ने दायित्व भित्र पर्छ । आफैँ झगडाको मैदानमा उत्रने होइन । तपाईँलाई आलोचना गर्ने अधिकांश व्यक्तिहरू तपाईँको तहका व्यक्ति होइनन् । ती सर्वसाधारण नेपाली जनता हुन् । तपाईँलाई न कुनै सांसद, न मेयर, न मन्त्री न कुनै भीआइपी व्यक्तिले आलोचना गरेका हुन् । तपाईँले आफ्नो स्तर बुझ्न चुक्नुभयो । तपाईँ आज एउटा फुच्चे युवासँग सामाजिक संजालमा पौठीजोरी खेलिरहनु भएको छ ।
जहाँसम्म, केही पुजारी र सामाजिक व्यक्तिहरूले तपाईँलाई आलोचना गरेका छन्, उनीहरुले तपाईँलाई विरोध गरेको नसम्झनु होला । तपाईँसँग उनीहरूले अपेक्षा गरेका हुन् । भरोसा गरेरै तपाईँसँग गुनासाहरू पोखेका हुन् । समस्याहरू राखेका हुन् । जसरी परिवारका सदस्यले अभिभावकसँग आफ्ना समस्या पोख्छन्, त्यसरी नै धरानबासीले तपाईँसँग त्यहाँका समस्या पोखेका हुन् । तपाईँ धरानबासी जनताको अभिभावक हो । अभिभावक आफैँ पाखुरा सुर्केर भिड्न जाने होइन ।
हो, फल भएकै वृक्षमा ढुंगा हानिन्छ । तपाईँसँग भएको अधिकार र क्षमताको सही उपयोग होस भन्ने अपेक्षा पोखेका हुन् भन्ने कुरा बुझ्न तपाईँले ढिलाई गर्न हुँदैन । म, यो आलेखमा कुनै धर्म, जात वा नश्लीय विषयमा प्रवेश नै गर्दिन । मैले माथि नै भनिसकें, म जात र धर्मको बारेमा होइन, नेपाली राष्ट्रियताप्रति मात्र वहस गर्नेछु ।
नेपाल मात्र यस्तो भुमी हो, जहाँ सनातन हिन्दु धर्मको उद्गम थलो बन्यो । भारत कहिल्यै हिन्दुभुमि थिएन र होइन । त्यसैले भारत सधैं धर्म निरपेक्ष मुलुक रह्यो । किन की, भारतमा इतिहासको लामो कालखण्ड मुस्लिमहरुको शासन थियो । पछि नेपालबाट सनातन धर्म फैलिएर भारत पुगेको हो जुन, प्राचीन समयमा नेपाल भित्र पर्ने कैलाश पर्वत मानसरोवर हिमालय क्षेत्रमा भगवान शिवको बारेमा इतिहासमा वर्णन गरिएको छ ।
अतः अहिले जुन–जुन विषय धरानमा विवाद निम्तिएको छ, त्यसमा तपाईँले जिम्मेवारीपुर्वक समन्वय गर्नुस् । तपाईँका विरोधीले भनून्, साँच्ची नै हर्क राज राई श्रमजीवी मेयर मात्र होइन है, जिम्मेवार अभिभावक पनि रहेछन् भन्ने अनुभूति दिलाउनुहोस् । तपाईँमाथि बर्सेका हजारौं आलोचनालाई एउटा कर्तव्यनिष्ठ मेयर बनेर साम्य पार्नुस् । चुनाव जितेका ती दिनहरुमा जनताले देखेका तपाईंप्रतिको संभावना जीवित राख्ने अझै मौका छ । यसका लागि संयमको अनिवार्य आवश्यकता छ । व्याकुल माइलाका ती हरफहरू सम्झनुहोस् र तपाईँ पनि राईको छोरा सच्चा ‘साम्पाङ’ उपनामबाट कसरी लोकप्रियता हासिल गर्ने हाे, उदाहरण बनिदिनुस् ।
पुर्खाको आर्दश
प्राचीनकालमा काठमाडौं उपत्यकामा करिब दुई हजार वर्ष किराँतहरुले शासन गरे । पहिलो राजा थिए, यलम्बर। इमानसिंह चेम्जोङले लेखेको ‘किराँत इतिहास’ पुस्तकको एउटा अंशमा भनिएको छ,‘किराँतकालमा उपत्यका भित्रका जातिहरूलाई कसरी एक आपसमा जोडिएको थियो भन्ने आदर्शपुर्वक उल्लेख गरिएको छ । केही इतिहासकारका अनुसार, किराँतकालमै उपत्यका मठमन्दिरले भरिएको थियो ।
अर्थात्, भुमी, प्राकृतिक पूजा र सनातन धर्म बीचको अन्तरघुलन किराँतकालमा सबैभन्दा मजबुत बनेको थियो । फलस्वरुप, किराँतकालपछि राज्य कब्जा गर्ने होडबाजी चलेपनि धर्म र जातका आधारमा नेपालभित्र कहिल्यै कुनै विवाद र काटमार हुन पाएन । दक्षिणतिर सधैं धर्मका नाममा हिंसा फैलिएपनि नेपालको हिमालय पर्वतमाला भित्र त्यसले कहिल्यै प्रवेश पाउन सकेन । नेपाल मात्र यस्तो भुमी हो, जहाँ सनातन हिन्दु धर्मको उद्गम थलो बन्यो । भारत कहिल्यै हिन्दुभुमि थिएन र होइन । त्यसैले भारत सधैं धर्म निरपेक्ष मुलुक रह्यो । किन की, भारतमा इतिहासको लामो कालखण्ड मुस्लिमहरुको शासन थियो । पछि नेपालबाट सनातन धर्म फैलिएर भारत पुगेको हो जुन, प्राचीन समयमा नेपाल भित्र पर्ने कैलाश पर्वत मानसरोवर हिमालय क्षेत्रमा भगवान शिवको बारेमा इतिहासमा वर्णन गरिएको छ ।
महागुरु फाल्गुनन्द लिङदेनले किराँतहरू अहिंसावादी बन्नुपर्ने विषयलाई हिन्दु धर्मका भगवान शिवसँग जोडेका छन् । किन की, शिव मन्दिरमा बलिप्रथा पूर्ण निषेध छ । सारांशमा बहुसंख्यक जनताको आस्था र अल्पसंख्यक जनताको भावनालाई किराँतकालमा घोलिएको थियो । अनि सम्पूर्ण रुपमा नेपाली राष्ट्रियताको बिउ तयार भएको थियो । यसको मुल कारण थियो, प्राचीनकालमा किराँतहरूको योगदान । त्यो इतिहास हामीले भुल्न हुँदैन ।
यो त भयो सकारात्मक आदर्शको कुरा । अर्को नकारात्मक पाटो पनि हेरौँ । एउटा शासकले धर्मको कुरा उछाल्दा कसरी मुुलक नै समाप्त हुने रहेछ भन्ने सिक्किमको उदाहरण गतिलो पाठ हुनेछ । कुनै बेला नेपाल, चीन, भूटान र भारतबीच ७ हजार ९६ वर्ग किलोमिटरमा फैलिएको सार्वभौम मुलुक सिक्किम सन १९७५ मे १६ पछि देश नै रहेन । राई, लिम्बु, लेप्चा, नेवार, गुरुङ, मगर, शेर्पा, तामाङ र सुनुवारहरूको बसोवास भएको सिक्किमको राजतन्त्रात्मक उदय सन् १६४२ मा भएको हो ।
११ अक्टोबर १९०४ मा पाकयोङ इस्ट सिक्किममा जन्मिएका काजी लेण्डुप दोर्जे लिम्बु १९४५ मै सिक्किमका प्रजा मण्डलका प्रमुख थिए । उनी चतुर थिए, वाक क्षमता अद्भुत थियो । गायन क्षेत्रमा रुचि राख्थे । उनले राई र लिम्बुबीच जातीय युद्ध चर्काएका थिए । भारतीय कंग्रेससँग विशेष सम्बन्ध निर्माण गर्न सफल लेण्डुप लिम्बुले सन १९६८ सेप्टेम्बर २१ मा भारतीय प्रधानमन्त्रीको मातहतमा रहने गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ सँग सम्बन्ध गाँसेर राईहरूलाई लखेटेका थिए । राईहरू लखेटिएकै कारण सिक्किममा अहिलेसम्म लिम्बुको जनसंख्या अत्यधिक छ । त्यो बेला धेरै राईहरू नेपाल प्रवेश गरेका थिए ।
भारतीय खुफिया संस्थाको आर्थिक, राजनीतिक, जातीय, धार्मिक समर्थनमा हुर्किएका लेण्डुप दोर्जे लिम्बु सिक्किमको प्रधानमन्त्री पदमा पुग्ने आधार चुनावको परिणामले तय गरिदिएको थियो । भारतले जातीय र धार्मिक द्धन्द्ध निम्त्याएर ‘रअ’ को योजना मुताबिक सन १९७५ मे १६ मा सिक्किम औपचारिक रुपमा भारतमा विलय गराइदिएको थियो । यसको मुख्य कारण भारतले उपयोग गरेर धर्म र जातीय मुद्दा उठान गर्ने लेण्डुप जिम्मेवार थिए ।
त्यसैले, मेयर हर्क राज राई, तपाईँ सबै नेपालीहरूलाई जोड्ने राजा यलम्बर बन्ने कि, देश नै विलय गराउने लेण्डुप बन्ने तपाईँकै हातमा छ । किन की, अहिले तपाईँ धरानको राजा जस्तै हो । एउटा प्रमुख व्यक्ति त्यो स्थानको अभिभावक हुन्छ, जुन राजाले झैं जनताको सेवा गरिरहेको हुन्छ । यसका लागि तपाईँमा धैर्य, संयम र जिम्मेवारीबोध हुन आवश्यक छ । अन्तमा, यो कुनै सुझाव होइन, आमनेपालीले झैं अपेक्षाका दुई शब्द हुन् । अझै पनि समय छ, २०७९ साल जेठमा पहिरिएको त्यो विजयको विश्वासिलो माला पुनः पहिरिने तपाईंप्रतिको जनविश्वास फिर्ता आओस् । शुभकामना ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार