प्रेस युनियन झापाद्वारा दमकमा विरामीलाई फलफूल वितरण
यज्ञप्रसाद भट्टराई
साउन ७, २०८० आइतबार १२:१६:३
६ साउन, दमक । महामानव वीपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर लोकतान्त्रिक पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले विरामीलाई फलफूल वितरण गरेको छ ।
शनिबार सो संगठनले दमक अस्पतालमा उपचाररत २५ जना बिरामीलाई अस्पतालको बेडमै पुगेर फलफूल वितरण गरेको हो ।
प्रेस युनियनका केन्द्रीय प्रतिनिधि विष्णु सुब्बाले फलफूल वितरणको औपचारिक शुभारम्भ गरेका आयोजक समितिका सचिव सन्तोष विष्टले जानकारी दिए ।
युनियनका जिल्ला सभापति गिरिराज भट्टराई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिद्धय अइन्द्रविक्रम केरुङ, सत्यनारायण चौधरी, कांग्रेस दमक ५ का सभापति चैतन्य बराल, नेपाली कांग्रेस दमक वडा नं १ वडा सचिव तथा नेपालबहस डटकमका झापा जिल्ला सम्वाददाता यज्ञ भट्टराई, क्षेत्रीय प्रतिनिधि जितबहादुर धिमाल, युनियनका जिल्ला सदस्य युवराज रेग्मी, शान्ति सुब्बा लगायतले फलफूल वितरण गरेका थिए ।
सो अवसरमा प्रेस यूनियनका अग्रज तथा नेताहरुले नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको विचार सधैं गरिब दुःखीहरुको सेवा गर्नु भन्ने भएकाले सेवामूलक कार्यक्रम गरिएको बताएका थिए ।
फलफूल हस्तान्तरणमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साह, अस्पतालका कर्मचारी श्याम राजवंशी लगायत स्वास्थ्यकर्मी, नगर प्रहरी लगायतले सहजीकरण गरेका थिए ।
पत्रकारहरुको पेशागत जिम्मेवारीमात्र नभएर सामाजिक उत्तरदायित्व समेत हुने भएकाले संगठनले यस किसिमका सेवामुलक कार्यक्रमहरु पनि समय समयमा गर्दै आएको आयोजक युनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले बताए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार