कार्यालय सार्न लागेको भनेर गरिएको दुष्प्रचारप्रति गोलबजार नगरपालिकाको आपत्ति
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १२:४१:२०
७ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिकाले आफ्नो कार्यालय सार्न लागेको भनेर गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ । पछिल्लो केही दिनयता नगरपालिका, जनप्रतिनिधि र कर्मचारीकाबारे गरिएका भ्रामक र चरित्र हत्या हुने सम्प्रेषण भएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाले जनाएको छ ।
दवानल अनलाइन पत्रिकाले पछिल्ला केही दिनदेखि जनतालाई भ्रमित पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै नगरपालिकाले त्यस्तो समाचारको भ्रममा नपर्न अनुरोध पनि गरेको छ ।
मैनावती पूर्वका खास गरी गोलवजार क्षेत्रका जनताले रोक्ने वा प्रतिवाद गर्ने भयले अत्यन्त गोप्य ढंगले कार्यालय सार्ने रणनीति बनाइएको भन्दै गरिएको दुष्प्रचारको विश्वास नगर्न नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दवानल अनलाइन पत्रिकामा प्रकाशित गोलबजार धमिनिमन्दिर परिसरमा रहेको गोलवजार नगरपालिका नगरकार्यपालिको कार्यालय मैनावती नदीको पश्चिम किनारमा रहेको कोभिड अस्पतालको नाममा निर्माण गरिएको भवनमा सार्ने तयारी भन्ने सम्बन्धको समाचारमा सत्यता नरहेको नगरपालिकाको दाबी छ ।
कोभिड अस्पतालमा नगरपालिकाको कार्यालय सार्ने निर्णय नभई नगरपालिकाको निर्माणाधीन प्रशासकीय भवनमा सार्ने पूर्व तयारी भइरहेको गोलबजार नगरपालिकाका प्रवक्ता सञ्जित लामाले जानकारी दिए । घटनालाई सत्यतथ्य रुपमा बुझेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार