विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १३:५६:५३
७ साउन, काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका-७ बुद्वपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका-१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो ।
धादिङकै बेनिघाट गाउँपालिका-५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२० मालेपाटन बस्ने २० वर्षीय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका-६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग.१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय वीरेन्द्र खड्कासमेत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार