आठ करोड खर्च गरेर बागमतीमा सरकारी प्रयोगशाला तर स्थानीय बेखबर
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १४:१५:४६
७ साउन, चितवन । बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो । इकाइको रुपमा सञ्चालनमा ल्याइएको यो प्रयोगशालामा सबैखाले परीक्षण गरिन्छ ।
उक्त इकाईकी ल्याब टेक्नोलोजिष्ट सुष्मा आचार्यका अनुसार कल्चर र पीसीआर परीक्षणका काम भइरहे पनि सबै परीक्षण प्रयोगशालाबाट गर्न सकिन्छ । यति महत्वपूर्ण प्रयोगशाला सञ्चालनमा आए पनि स्थानीयवासीले उपयोग गरेका छैनन् ।
शुक्रबार दिनभर पाँच वटा नमुना मात्रै प्रयोगशालामा आएको उनले जानकारी दिइन्। जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका नारायणबहादुर कार्कीका अनुसार निजी क्षेत्रको तुलनामा तीन गुण सस्तोमा यहाँ परीक्षण हुन्छ । उनको भनाइमा बाहिर लिपिट प्रोफाइल 'एलएफटि' परीक्षणका लागि रु नौ सय लाग्छ भने यहाँ रु तीन सयमा हुन्छ । यसैगरी अन्य परीक्षणमा पनि न्यून शुल्क लाग्ने कार्कीले जानकारी दिए।
उनका अनुसार ज्येष्ठ नागरिकलाई सो शुल्कमा पनि ५० प्रतिशत छुट, गरिब विपन्नलाई शतप्रतिशत छुट उपलब्ध गराइएको छ भने डायलासिस गरिरहेका बिरामीलाई ९० प्रतिशत छुट, मिर्गौला प्रत्यारोपण गरेकालाई ९० प्रतिशत छुट, कोभिडको परीक्षणका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी स्वास्थ्यकर्मीलाई ९० प्रतिशत, अवकाश प्राप्त कर्मचारीलाई ५० प्रतिशत, कर्मचारीका आश्रित परिवारलाई ५० प्रतिशत, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत र ‘ख’ वर्गकालाई ५० प्रतिशत छुट दिइएको छ ।
प्रदेशभित्रको सुविधा सम्पन्न प्रयोगशाला बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले निकै न्यून शुल्कमा उच्चस्तरको सेवा दिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको भए पनि आमनागरिक भने सेवा लिन आइनसकेको बताए । “सरकारले न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदासमेत महँगोमा नागरिकले प्रयोगशाला प्रयोग गरिरहेका छन्,” उनको गुनासो थियो ।
आम नागरिकसम्म तत्काल सन्देश पुग्न नसके पनि क्रमशः सबैलाई थाहा हुँदै जाने स्वास्थ्यमन्त्री जोशीले बताए । कुनै ठाउँमा रोग फैलिएर तत्काल नमूना लिनुपर्ने अवस्थामा यो प्रयोगशाला उपयोगमा आउने छ । उनले थपे “ यहाँ आउने बिरामीको परीक्षण र रोग फैलिएको अवस्थामा समुदायमै पुगेर नमूना सङ्कलन गरी परीक्षण गर्ने योजनाका साथ यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।”
प्रयोगशालाले नसर्ने तथा सर्ने रोगको अध्ययन, गुणस्तरमापन र तालिम दिनेजस्ता कामसमेत गर्ने छ । प्रयोगशालाले नसर्ने रोगको आवश्यक अध्ययन, अनुसन्धान र तिजा निकाल्ने आवश्यक समन्वय गर्ने छ ।
यस्तै सर्ने रोगबारे अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुना परीक्षण गरी नतिजा सङ्कलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापन गर्नेलगायत काम गर्ने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार