रैथाने खाना जोगाउन होटेल व्यवसायी सक्रिय
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १४:३५:२७
७ साउन, तुलसीपुर । रैथाने बाली क्रमिकरूपमा लोप हुन थालेपछि यहाँका होटेल व्यवसायीले भने रैथाने खाना जोगाउन अभियान थालेका छन् । पछिल्लो समय रैथाने खाना ओझेलमा पर्न थालेको भन्दै यसलाई जोगाउन दाङ तुलसीपुरका होटेलमा रैथाने खाना खुवाउन थालिएको हो ।
सिस्नो, ढिँडो, सातु, मोही, स्थानीय जातका कुखुरा, गुन्द्रुक, सिलामको आचारलगायत परिकार समावेश गरी रैथाने खाना खुवाउन थालिएको तुलसीपुर होटेल व्यवसायी समितिका महासचिव तुफान केसीले बताए । “यहाँका होटलमा रैथाने खाना प्रवर्द्धन गर्ने हाम्रो योजना हो”, उनले भने, “यसलाई निरन्तरता दिँदै यसलाई संरक्षण गर्न हामी सक्रिय भएका छौँ ।”
होटेल व्यवसायी सङ्घको अभियानअन्तर्गत पहिलो चरणमा तुलसीपुरस्थित कुमाख क्याफेलगायत होटेलमा यसको सुरुआत गरिएको केसीले बताए ।
“समाज आधुनिकतातर्फ ढल्किँदा हाम्रो भान्सामा प्रयोग हुने रैथाने खाना विस्थापित हुनु चुनौतीको विषय हो”, स्थानीय भोजराज न्यौपानेले भने, “यसलाई जोगाउन थालिएको प्रयास सकारात्मक छ ।” पछिल्लो समय रैथाने बालीसँगै खाना पनि लोप हुँदै जाँदा यसको संरक्षणमा लाग्नु आवश्यक रहेको उनको भनाइ छ ।
“रैथाने खाना स्वास्थ्यका हिसाबले पनि राम्रो छ । आर्थिक अवस्था कमजोर भएकाको परिवारले मात्र ढिँडो आँटो खान्छन् भन्ने पुरातन सोच परिवर्तन भई पाँचतारे होटलमा समेत ढिँडो आँटो पाक्ने गरेको छ”, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले भने । नेपालीको मौलिकपना बचाइराख्न आफ्नो भान्सा होस् या सार्वजनिक कार्यक्रममा खाना, खाजाका लागि नेपाली खानाको प्रयोग हुनुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय रैथाने खाना उत्पादनमा कम हुन थालेको भन्दै यसरी होटेल व्यवसायीले रैथाने खानालाई प्रवर्द्धन गर्न थालेपछि हाम्रा पाखा र खेतमा पनि रैथाने बाली उत्पादनमा वृद्धि हुने भण्डारीले बताए । रैथाने खानालाई परापूर्वकालदेखि प्रचलित खानाका रुपमा लिने गरिएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार