राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेटवार्ता
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १८:३८:३८
७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।
तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसे जानकारी दिए।
भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।
युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुगेका हुन्। सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार