सुन प्रकरणः सानालाई पक्राउ गरेर ठूलालाई उन्मुक्ति दिन खोजेको आशंका !
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १३:३६:१२
८ साउन, काठमाडौं । हङकङ हुँदै नेपाल ल्याइएको करिब १०० किलो सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले जाँचपासमा संलग्न सबै कर्मचारी र भन्सार एजेन्टलाई पक्राउ हाेलान ? किन की विमानस्थलबाट तीन महिना यता लगातार सुन तस्करी भएको हुनसक्ने तथ्यांकहरु फेला परेको भएपनि विभागले तल्लो तहका कर्मचारी र भन्सार एजेण्टलाई मात्र पक्राउ गरेर भन्सार, अध्यागमन र नेपाल प्रहरीका एयरपोर्ट प्रमुख लगायतको सेटिङप्रति नरम नीति लिँदै उन्मुक्ति दिन खोजेको हो त होइन भन्ने आशंका गर्न थालिएको छ ।
विमानस्थल भन्सारमा कार्यालयका प्रमुख अरुण पोखरेल नाटकीय रुपमा बिदामा बसेका छन् । १७ असारदेखि बिदामा बसेका पोखरेल गत १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान सुरु गरेपछि नाटकीय रुपमा बिदामा बसेका हुन् ।
उनले स्वास्थ्यलाई कारण देखाउँदै आकस्मिक लामो बिदामा बसेका छन् । ढाड दुखेको भन्दै थेरापी गर्न उनले विभागबाट बिदा स्वीकृत गराएपनि उनी सम्पर्कबाहिर छन् । थेरापी गर्न हिँडेका उनी यतिबेला तस्करीको हेडक्वार्टर मानिने दुबईमा मस्ती मारिरहेको बताइन्छ । उनको बिदा १४ भदौसम्मका स्वीकृत भएको छ ।
‘मलाई तनाव भयो, मेडिटेसन गर्नुपर्यो भन्दै बिदा माग भएको थियो, असार १७ गतेबाट लागू हुने गरी उनको बिदा स्वीकृत भएको छ’, विभाग स्रोतले भन्यो । पोखरेल बिदामा बसेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयको निमित्त प्रमुखको जिम्मा उपसचिवमध्ये वरिष्ठ नारद गौतमलाई दिइएको छ ।
अरुण पोखरेलले कार्यालयबाट बिदा लिएको १७ असार यताको ५ वटा आयातमा ९८० थान ब्रेक शु नेपाल भित्र्याएको देखिएको छ । जसको कुल तौल ८९९ किलो छ । उनले बिदा स्वीकृत गराएको भोलिपल्ट असारको १८, २१, २४, २७ र साउन २ गते 'ब्रेक शु' भित्रिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेटिङमा लगेका हुन् ।
नेपाल प्रहरीका सुरक्षा प्रमुख डीआईजी अजुन चन्द पनि गत मंगलबार राजश्वले गरेको अपरेशन कै दिन पारेर बिदामा बसेका छन् । एक साताको उनको बिदा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट स्वीकृत भएको थियो । विमानस्थलबाट भटाभट सुन भित्रिरहेको बेला विमानस्थल सुरक्षा प्रमुख अनुपस्थित रहनुले यसलाई संयोग मात्र मान्न नमिल्ने जानकारहरु बताउँछन् । काठमाडौंमा तस्करीको सुन जम्मा पारिसकेपछि भारततर्फ निकासी गर्न सुरक्षा संयन्त्रको भूमिका नभै सम्भव हुँदैन् । सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैले पठाएका थिए ।
त्यस्तै प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल निकट मानिन्छन् । पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् । उनी पनि माओवादी कर्मचारीको सेटिङमा त्यही बसिरहेका छन् ।
तर प्रधानमन्त्री दाहालकै आशीर्वादमा राजश्व अनुसन्धान विभागमा पुगेका महानिर्देशक नवराज ढुंगानाले त्यत्रो सुन पक्राउ गर्न कसरी आँट गरे भन्नेमा सबै आश्चर्यचकित छन् । त्यो घटनामा विमानस्थलमा कार्यरत रहेको सम्पूर्ण टीमलाई त्यही बेला परिवर्तन गरेर नयाँ टीम लैजानु पर्नेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि केही सञ्चारकर्मीसहित पुगेर तस्करीमा संलग्न रहेकालाई कारबाही गर्छु भन्दै फर्किए तर त्यहाँको सुरक्षा र विगतदेखि त्यही बसेका कर्मचारीलाई परिवर्तन गर्न तदारुकता देखाएनन् ।
सुन तस्करी गरिरहेको रेडी ट्रेड कम्पनीले २८ पटकमा १८ सय किलो सामान ल्याउँदा सुरक्षा निकाय र गृहमन्त्री श्रेष्ठसम्म सूचना नपुगेको भन्ने छैन तर पनि गृह मन्त्रालयले तदारुकता नदेखाएको भन्दै प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले छापा मारेको थियो । ‘२८ पटकमा १८ सय किलो सामान ल्याउँदा नेपाल प्रहरी र गृहमा सूचना नपुगेको त कल्पनासम्म गर्न सकिन्न, तर भन्सारबाट पास भएर सिनामंगल पुगेको सुनलाई राजश्व विभागका कर्मचारीले बरामद गरे । यस्तो अवस्थामा त्यहाँ रहेको भन्सार विभाग र सुरक्षामा तैनाथ रहेको प्रहरीले केही पनि गरेन’,प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
विमानस्थलमा कुन सामान आयो, त्यो सामानको प्रज्ञापनपत्रदेखि जाँचपास गर्ने भन्सारको भूमिका मुख्य भए पनि सूचनाको हिसाबले अध्यागमनका अधिकारीहरू पनि जानकार रहनुपर्नेमा उनीहरुको पनि लापरवाही देखिएको भएपनि सुन बरामद गर्ने प्रधानमन्त्री निकट रहेका कर्मचारी र सुन पास गर्ने स्थानमा पनि जनार्दन शर्माले सेटिङमा पठाएका कर्मचारी भएपनि साना कर्मचारीलाई मात्र पक्राउ गरेर अनुसन्धान शुरु गरिएकोमा आशंका उब्जिएको हो। ‘त्यही दिन सेट नै परिवर्तन गर्नुपर्नेमा अझै पनि भाडाका ड्राइभर, एजेण्ट र साना कर्मचारीहरूमाथि मात्र अनुसन्धान भन्दै पक्राउ गरेर बसेका छन्, अनुसन्धान साह्रै फितलो हुने भो’, प्रधानमन्त्री कार्यालयका एक सचिवले गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार