सभापति देउवा र महामन्त्रीले कांग्रेस केन्द्रीय समितिमा उठेका प्रश्नको जवाफ दिने
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार ८:३२:३
८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ । सदस्यहरुको भनाइ सकिएपछि सभापति देउवाले सम्बोधन गर्नेछन् ।
नेपाली कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार सोमबार सभापति, उपसभापति र महामन्त्रीबाट बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रम सकिएपछि अर्को दिन बैठक राखेर पार्टीका निर्णय सार्वजनिक गरिनेछ । अदालतमा मुद्दा विचाराधीन भएको र पार्टीमा परम्परासमेत नभएकाले खाँणलाई निलम्बनको विषयबारे संस्थागत रूपमा कुनै धारणा नआउने उनको भनाइ छ ।
बैठक बस्नुअघिबाटै सभापति देउवाले खाँणको निलम्बनको विषयमा मौन रहने रणनीति बनाएका थिए । संस्थापन पक्षका एक सदस्यका अनुसार त्यही रणनीति बुझेरै संस्थापन पक्षका कतिपय सदस्यहरू बचाउमा र कतिपय मौन बसेका थिए । गच्छदार र गुरुङलाई निलम्बन नगर्ने, खाणलाई मात्रै किन निलम्बन गर्ने भन्ने कुरा संस्थापनपक्षीय सदस्यहरूको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार