पाकिस्तानी प्राध्यापकले विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको खुलासा
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १२:६:४१
८ साउन, इस्लामबाद । पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुरवाट ड्रग्स र ब्ल्याकमेलिङको घटना बाहिर आएको छ । प्राध्यापकहरुको एक गिरोहले विद्यार्थीहरुलाई लागुऔषध बेच्ने गरेको खुलासा भए पछि केहीलाई पक्राउ गरिएको छ ।
साथै, उनीहरुको फोनबाट छात्राहरुको अश्लिल भिडियो फेला परेको छ । यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ । सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास गर्यो तर यो काण्ड मिडिया रिपोर्टबाट बाहिर आयो। बर्खास्तपछि विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि पक्राउ परेका छन् ।
पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । यसमा प्रहरीको बयान पनि समावेश छ । प्रहरीका अनुसार केही दिनदेखि आइयुबीमा लागुऔषध ओसारपसारको सूचना आइरहेको थियो । विश्वविद्यालयका केही प्राध्यापकले यो र्याकेट चलाएको अनुसन्धानले देखाएको छ । छापा मार्दा एक प्राध्यापकको साथबाट हेरोइन पनि बरामद भएको छ ।
प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाए पछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई २८ जुनमा पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागुऔषध बरामद भएको छ ।
वित्त अधिकारीलार्ई एउटा कारबाट समातिएको थियो । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि रहेका थिए र उनीहरुसँग लागुऔषध पनि फेला परेको थियो । दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो किनभने युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि त्यसमा समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
यसबारेमा पाकिस्तानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन : अध्यक्ष प्रचण्ड
मंसिर १, २०८१ शनिबार