घरको पाँचौं तल्लामा गाई पालेपछि हंगामा
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १३:२:४४
८ साउन, बेइजिङ । चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तल्लामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तल्लामा सातवटा गाई र बाछा राखेका छन् । भाइरल तस्विरमा यी सबै गाईवस्तुले आफ्नो चारा खाइरहेको देख्न सकिन्छ । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ ।
साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उद्धृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा एक दिनसम्म फ्ल्याटमा बसेको बताएको छ। त्यसपछि छिमेकीले हतास गर्न थाले । सो घटनाको गति लिएको देखेर स्थानिय चिनिया अअधिकारीहरूले तुरुन्तै संवेदनशिल भए र त्यो ठाउँमा पुगे । त्यसपछि चिनियाँ व्यक्तिका ती आफ्नो गाईवस्तुलाई अन्यत्र सारिएको थियो ।
खासमा सँगै रहेको फ्ल्याटमा बाछो आएका कारण दुर्गन्ध फैलिएको छिमेकीले गुनासो गरेका थिइ । गाईवस्तुको आवाजले धेरै समस्या निम्त्याइरहेको भनेर उजुरी गरे पछि सुरक्षा अधिकारीहरु त्यो घरमा आएका थिए ।
सो घटनाबारे साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै एक व्यक्तिले भने, ‘मलाई पक्का विश्वास छ कि गाईवस्तुले एक दिन भवनमा बस्न पाउनेछन् भन्ने सोचेका पनि थिएनन् तर उनीहरु यस भवनमा एकदिन भए पनि बस्न पाए ।’ अर्कोतर्फ अर्का एक व्यक्तिले भने, ‘यति सानो बालकनीमा राखेर बाछालाई यातना दिइएको थियो। यस्तो पागलपन सबैको लागि खतरनाक छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार