दार्चुलामा आयोडिन नुनको प्रयोग बढ्यो
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १४:८:३२
८ साउन, दार्चुला । दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ । जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो ।
खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १र१ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए ।
उनका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय दुई क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको । गत आर्थिक वर्षमा खलङ्गा डिपोसँग तीन हजार पाँच सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकामा हाल सात सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले जानकारी दिए ।
त्यस्तै, शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९/८० मा तीन हजार सात सय ८० क्विन्टल मौज्दात रहेकामा २७ क्विन्टल बिक्री भएको छ । हाल गोदाममा एक हजार ८० क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताP ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार