अब नेपालगञ्जवासीले डुबानको सास्ती भोग्न नपर्ने
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १४:१८:१७
८ साउन, खजुरा । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए ।
पहिला निर्माण गर्ने कम्पनीको लापरबाहीका कारण नाला फराकिलो भए पनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारण नेपालगन्जवासीले सास्ती भोग्दै आएका थिए । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याबारे केन्द्रीयस्तरसम्म पहल गरिएपश्चात् सो नाला निमार्ण थालिएको स्थानीयवासीले बताए ।
वर्षौँदेखिको डुवानको समस्याबारे नेपालगञ्ज सेतु विकचोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयवासीले पटक–पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएकामा पछि सांसद तिवारीले यो सवाललाई सङ्घीय सरकारसमक्ष पु¥याए पछि निमार्णको कार्य अघि बढेको हो ।
उहाँले नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकास दिने काम थालिएको बताए । संसाद तिवारीले भने, “नेपालगन्ज सहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिनरूपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहलभयो ।”
चारदिन अघि पुल चौडा गर्न काम सुरु भएको नेपालगन्जपस्थित सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले बताए । उहाँकाअनुसार नालाको चौडाई बढाउन रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन ले ठेक्का लिएको छ ।
नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्या अब अन्त्य हुनेछ । नेपालगन्ज नगर भित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नाला निमार्ण भईसकेकाले वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनी विकास कोषले पारित गर्यो साढे ७७ करोड बजेट
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार