बडिगाड खोलामा मध्यबर्खामा पनि रोकिएन नदी दोहन
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १५:४:३
८ साउन, गलकोट । बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ । बडिगाड खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ निकाल्ने गरेको पाइएपछि बडिगाड गाउँपालिकाले यसमा रोक लगाएको हो ।
नदीजन्य उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदीबाट बालुवा, गिटी र ढुङ्गा निकाल्न नपाइने र स्थानीय तहले पनि उक्त समयमा ठेक्का लगाउन नपाइने व्यवस्था छ ।
बडिगाड गाउँपालिका भएर बग्ने उक्त खोलाबाट नदीजन्य पदार्थ निकालेर राखिएको पाइएपछि पालिकाले सो कार्य तत्कालै रोक्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । उनले निर्देशन विरुद्धमा गएर दोहन नरोकिए पालिकाले कारबाही गर्ने चेतावनीसमेत दिए ।
अध्यक्ष थापाका अनुसार गाउँपालिकाले अवैधरुपमा निकालिएको नदीजन्य पदार्थलाई जफत गर्ने तयारी थालेको छ । “नदी किनार तथा सडक छेउमै बालुवा निकालिएको देखिएको छ, बर्खामा नदीबाट नदीजन्य पदार्थ निकाल्दा वातावरणीय प्रभावमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाएका छौँ”, उनले भने, “अवैधरुपमा गरिने कार्यलाई पालिकाले कारबाही गर्नेछ, पालिकाले सरकारी नियमअनुसार नदीजन्य पदार्थको ठेक्का लगाउँदै आइरहेको छ ।”
बर्खायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको र यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यसरी गैरकानुनी कार्य तुरुन्त रोक्न गाउँपालिकाले सूचना नै जारी गरेर रोक लगाएको अध्यक्ष थापाले बताए । स्थानीय तहभित्र रहेका प्राकृतिक सम्पदा एवं नदीजन्य पदार्थको सङ्कलन तथा बिक्रीवितरण वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा ठेक्का आह्वानमार्फत हुने भए पनि बर्खाको समयमा नदीजन्य पदार्थ निकाल्न नपाइने व्यवस्था रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
पुष २५, २०८१ बिहिबार
कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार