व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुग्दा २१ प्रतिशतले खुम्चियो निर्यात, सुन मै बाहिरियो ४५ अर्ब
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १५:५८:०
८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९-८० मा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १५.४५ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कमी हो भने निर्यात २१.४४ प्रतिशतले कमी हो । गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण व्यापार घाटामा कमी देखिएको छ ।
गत आर्थिक वर्ष २०७९-८० मा नेपालको निर्यात २१.४४ प्रतिशतले खुम्चिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा निर्यात खुम्चिएको हो । अघिल्लो आर्थिक वर्ष २०७८-*७९ मा नेपालबाट २ खर्ब रूपैयाँको निर्यात भएको थियो । जुन, गत आर्थिक वर्षमा जम्मा १ खर्ब ५७ अर्ब रूपैयाँको निर्यात भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।
यस्तै, यस अवधिमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्बको आयात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको थियो । आयात समेत १६ प्रतिशतले खुम्चिएको छ । यस्तो अवस्थामा नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब रूपैयाँ घाटा ब्यहोरेको छ । व्यापार घाटा समेत १५.४५ प्रतिशतले खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २० अर्ब रूपैयाँको व्यापार घाटा नेपालले ब्यहोरेको थियो ।
यसै गरी, नेपालको वैदेशिक व्यापार समेट घटेको छ । १६.५८ प्रतिशतले वैदेशिक व्यापार खुम्चिँदा गत आर्थिक वर्षमा जम्मा १७ खर्ब ६८ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्बको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्ष २०७९-८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रूपैयाँ देशबाट बाहिरिएको छ ।
भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो । गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रूपैयाँको सुन आयात गरेको छ । यस्तै, सोही समयमा टर्कीबाट दुई अर्ब ७२ करोड ८१ लाख ७६ हजार रूपैयाँभन्दा बढीको सुन नेपालमा आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रूपैयाँको सुन आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक अर्ब ३९ करोड १३ लाख ४१ हजार रुपैयाँ बढीको सुन आयात भएको विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।
गत आर्थिक वर्ष २०७९-०८० मा चार हजार ५० वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । एक वर्षमा करिब ११ अर्ब ८४ करोड मूल्यका विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । यसबाट सरकारलाई करिब तीन अर्ब ३० करोड राजस्व उठेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबै भन्दा बढी भित्रिनेमा ५० किलोवाटसम्म ईभी रहेका छन् । ५० किलोवाट क्षमतासम्मका ३,७५९ विद्युतीय गाडी एक वर्षको अवधिमा नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका २७२ गाडी आयात भएका छन् ।
१०१ देखि २०० किलोवाट क्षमताका १५ र २०० देखि ३०० किलोवाट क्षमताका चार गाडी गत आवमा नेपाल भित्रिएका छन् । यो तथ्यांक त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८-०७९ को तुलनामा दुई गुणा भन्दा बढी हो । सो आर्थिक वर्ष २०७८-०७९ मा १,८०७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए । करिब पाँच अर्ब ३२ करोड मूल्य बराबरका यी गाडीबाट सरकारले करिब एक अर्ब ४३ करोड राजस्व उठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार