नर्सिङ कक्षा सञ्चालन गरेको जग्गा महानगरले खाली गरायो
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १६:२३:२५
८ साउन, भरतपुर । प्रसुती गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चित्रवनले लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजले नर्सिङ कक्षा सञ्चालन गरेपछि भरतपुर महानगरपालिकाले खाली गराएको छ ।
नगरप्रहरी र सुरक्षाकर्मीसहित पुगेको महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिका ३ स्थित नगरबनमा बनेको भवन खाली गराएको हो । प्रसुती गृह सञ्चालनका लागि महानगरपालिकाले दिएको डेढ विघा जग्गा व्यापारिक लाभमा प्रयोग भएपछि महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको भरतपुर महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकास थापाले बताए ।
उनका अनुसार २०५८ सालमा तत्कालिन कार्यपालिकाको निर्णयबाट प्रसुती गृह सञ्चालनका लागि लायन्स क्लब आफ नारायणगढ चित्रवनलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई बर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको उनले जानकारी दिए ।
कलेजले सो भवनमा नर्सिङका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । महानगरपालिकाले दिएको जग्गामा उद्देश्यभन्दा बाहिर गएर व्यापारिक लाभको काम भएपछि बाध्य भएर खाली गराउनुपरेको वडाध्यक्ष थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार