पर्वतमा ९० साना सिँचाइ आयोजना सम्पन्न
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार १६:३३:३९
८ साउन, पर्वत । पर्वतमा गत आर्थिक वर्ष २०७९÷८० मा ९० साना सिँचाइका योजना सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रमार्फत जिल्लाका विभिन्न क्षेत्रमा सिँचाइका लागि ३० तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई कार्यालयअन्तर्गत ६० साना सिँचाइका योजना निर्माण गरिएका हुन् ।
सिँचाइको सुविधा नपुगेका सिमान्तकृत बस्तीमा प्रतियोजना रु दुई लाखका दरले निर्माण गरिएका हुन् । यसअन्तर्गत कुला, सिमेन्टका पोखरी, प्लाष्टिक पोखरी, ट्याङ्की, बोरिङ, पाइप विस्तार, इनार, साना बाँधलगायतको मर्मत सम्भारका साथै सिँचाइ पूर्वाधार निर्माण गरिएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिए ।
सहकारी, फार्म, किसान समूहको माग र भौगोलिक विकटता तथा आवश्यकताको आधारमा प्राथमिकता दिएर आयोजनाको छनोट गरिएको हो । धान जोन कार्यान्वयन इकाइका निमित्त प्रमुख सुजित पौडेलले चालु आर्थिक वर्षमा दुई कार्यालयमार्फत रु एक करोड ८० लाखको लागतमा ९० योजना सम्पन्न भएर यसै वर्षदेखि किसानले सिँचाइको सुविधा उपभोग गर्न पाएका बताए । गत आवमा सम्पन्न साना सिँचाइ आयोजनाबाट करिब एक हजार दुई सय १० रोपनी क्षेत्रफलमा सिँचाइको पहुँच विस्तार भएको उनको भनाइ छ ।
“स–साना बस्ती, फाँट, तरकारी फार्म र किसान समूहका लागि यस्ता योजना उपयोगी छन्”, पौडेलले भने । पहिला खोला खोल्साबाट कुलो बनाएर तरकारी र खेतमा सिँचाइ गर्ने गरेकोमा साना सिँचाइ आयोजनाले थप सहज भएको किसानले बताएका छन् । पानीको स्रोत नभएका राजमार्गको नाली उपयोग गरेर सिँचाइ गर्ने कतिपय बर्खे खोला खोल्सीको पानी सदुपयोग गर्न पनि साना सिँचाइ आयोजना प्रभावकारी देखिएका छन् ।
साना सिँचाइ आयोजनाबाट किसानलाई धान रोप्न, धानको बीउ राख्न र तरकारी खेतीमा सिँचाइ गर्न गर्न सजिलो भएको छ । पर्वतको नौ हजार ५० हेक्टर धानखेती हुने जमिनमध्ये झण्डै ६ हजार चार सय २० हेक्टरमा स्थायी सिँचाइ सुविधा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार